काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो। ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’को उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बिमा मध्यस्थकर्ताहरुको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले खोज्दै आउने बताए। त्यसैले आफ्नो कामलाई माया गरौ र निरन्तरता दिनुपर्ने उनकाे भनाइ छ।
त्यस्तै प्रभु लाइफका नायव महाप्रबन्धक सोनबहादुर मगरले जीवन बिमाको औचित्व र जीवन बिमा मध्यस्थकर्ताका काम, कर्तव्यबारे प्रष्ट पारे। कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच/पाँच जना उत्कृष्ट बिमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं, नायव महाप्रबन्धक सोनबहादुर मगर, सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फुँयाल, ब्रान्डिङ प्रमुख विनोद घिमिरेलगायतको उपस्थिती थियो।
अन्तर्राष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बी.पी. रेग्मीको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा थियो। ट्रेनर रेग्मीले व्यवहारिक तरिकाले व्यावसायिक वृद्धिका सुत्रहरु दिएका थिए। बिमा मध्यस्थकर्ताहरुको व्यावसायिक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो।