काठमाडौं। स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी२७ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘भि२७ फाइभजी’ र ‘भि२७ ई’ सार्वजनिक गरेको छ। सार्वजनिक भएका यी दुवै स्मार्टफोनहरू वैशाख २५ देखि ३१ गतेसम्म प्रि–बुकिङ लागि उपलब्ध हुनेछन्।
ग्राहकहरूले ३००० तिरेर ‘भी२७ फाइभजी’ वा ‘भि२७ई’ को प्रि–बुकिङ गर्न सक्नेछन्। साथै भि२७ फाइभजीको प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड एयरबड पाउँनेछन्।
फोनमा स्लीक डिजाइन, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज लगायतका आकर्षक विशेषताहरू छन्। भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ।
साथै, भी२७ फाइभजीले सफ्ट र एक समान प्रकाश प्रभाव प्रदान गर्दछ जसले प्रयोगकर्ताहरूलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्ने कम्पनीले जनाएको छ। त्यस्तै भि२७ई को ६४एमपी ओआइएस अल्ट्रा–सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरू प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरूमा खिचिएका तस्बिरहरूको गुणस्तर वृद्धि गर्दछ। यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्बिर खिच्न सक्छन् ।
भि२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरू केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। भि२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ। त्यस्तै भि२७ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ जसले सहज रूपमा एपहरूबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ।
भि२७ फाइभजी दुई म्याजिक ब्लू र नोबल ब्ल्याकमा उपलब्ध हुनेछ। भि२७ ५८ हजार ९९९ मा उपलब्ध हुनेछ। त्यस्तै भि२७ई दुई उत्कृष्ट ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याक रङमा ४१ हजार ९९९ मा उपलब्ध हुनेछ। दुवै स्मार्टफोनहरू ८+२५६ जीवी भेरियन्टमा जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरू र ईकर्मसमा उपलब्ध हुने।