काठमाडौं। महालक्ष्मी विकास बैंक शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई सहयोग प्रदान गरेका छन्।
बैंकको नेपालगञ्ज शाखाले कोहलपुर नगरपालिका वडा नम्बर ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोक्यामेसट्री एनलाइजर मेसिन हस्तान्तरण गरेकाे हाे।
बैंकले स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मूल्यमा किडनी, लिभर, सुगर र युरीक एसिडसम्बन्धी प्रयोगशाला चेकजाँचमा सहजता पुर्याउने उद्देश्यले सहयोग गरेको हाे।
निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठान बाकेका अध्यक्ष पूर्णिमा शाहीलाई यस बैंकका लुम्बिनी प्रदेश 'ख' का प्रदेशिक प्रवन्धक खगेन्द्रबहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रवन्धक बिन्दुप्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण गरे।
उक्त कार्यक्रममा अध्यक्ष पूर्णिमा शाहिले सहयोगप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनमा पनि यस्तै किसिमको सहयोगको अपेक्षा गरेकाे बताइन्।
त्यस्तै बैंकको डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामेरा हस्तान्तरण गरेकाे छ।
बैंकले काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारीसाधन चलाउने, मादक पद्धार्थ सेवन गरी सवारीसाधन चलाउने चालकको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ उक्त सहयोग प्रदान गरेको हाे।
जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक धनबहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिषबहादुर धमला र ठमेल शाखाका शाखा प्रवन्धक युधिरमान सिंहले संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरे।
बैंकको विरगंज शाखाद्वारा विरगंज महानगरपालिका वडा नम्बर १४ मा अवस्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई ६ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकाे छ। बालविकास इसिडी देखि १२ कक्षासम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले इसिडी देखि ५ कक्षाका विद्याथीहरूका लागि स्मार्ट टेलिभिजन सहयोग गरेको हो।
सिद्धार्थ माध्यामिक विद्यालय व्यवस्थापन समितिका सदस्य शिवशंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक सुदिप चन्द्र पोखरेल र विरगंज शाखाका शाखा प्रवन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरण गरेका हुन्।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ।