काठमाडौं। पर्यटकीय सिजन सुरु भएसँगै विदेशी पर्यटकहरुको आगमन चुलिएको छ।
खासगरी मार्च ,अप्रिल र मे महिनालाई पर्यटकीय सिजनको रुपमा लिने गरिन्छ। यो बेला बढी मात्रामा हिमाल आरोहण गर्न आउने पर्यटकहरु नेपालमा आउने गरेका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांकअनुसार ९८ हजार ७०३ जना पर्यटक आएका छन् । गत महिना(मार्च)मा पनि ९९ हजार ४२६ जना पर्यटक आएका थिए।
यसअघि सान् २०२२ को अप्रिलमा ६१ हजार ५८९ र २०२१ को अप्रिलमा २२ हजार ७३२ जना पर्यटक नेपाल आएका थिए।
यो संख्या सन २०१९ को तुलनामा पर्यटक आगमनमा ९०.२८ प्रतिशतले रिभाइभ भएको हो। अप्रिलमा सबैभन्दा धेरै ३१ हजार ४३७ भारतीय पर्यटक नेपाल भित्रिएका छन।
त्यस्तै, अमेरिकाबाट ८ हजार ४१३, बेलायतबाट ५ हजार ४०९, चीनबाट ४ हजार ७७०, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना पर्यटक आएका छन।
त्यस्तै जर्मनीबाट ३ हजार २४६, फ्रान्सबाट ३ हजार २११, रसियाबाट २ हजार ६६७, बंगलादेशबाट २ हजार २१७ र थाइल्याण्डबाट २ हजार १०२ जना पर्यटक भित्रिएका छन्।