काठमाडौं। टिभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मंगलबार टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरिन ब्लु रङमा सार्वजनिक गरेको छ।
यो रोमाञ्चक नयाँ रङ युवावर्गले मनपराई दिएकाे विद्यमान रेस संस्करणको रातो र पहेंलो रङ सँगै राखिने छ। टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ।
कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँछ। टिभिएसद्वारा पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्र्सटर्’ मा उक्त स्कुटरको लन्च गरिएको थियो।
कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै ख्यातिप्राप्त सांगितिक समूह अभया एन्ड द स्टिम एन्जन्सलगायतको प्रस्तुती थियो । उक्त स्टेजमै स्कुटर अनवरण गरिएको थियो भने पछि शोरुममा पनि स्कुटर लन्च गरिएको थियो।
दर्शकहरुको उत्साहजनक प्रतिक्रिया प्राप्त गर्न सफल उक्त स्कुटरको आगमनले टिभिएसकाे स्कुटर लाइन अपमा युवा जोश र भाईटालिटी थपिएको कम्पनीले जनाएको छ।
स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ। स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ।
स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ। स्मार्टएक्सअनेक्ट टिएम कनेक्टिभिटी प्ल्याट्फम मार्फत सञ्चालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत सजिलै कनेक्ट गर्न सकिन्छ। ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ।
टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सिसी, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कुल्ड एसओएचसी, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ६.९ केडब्लु २ ७ हजार, आएपिएम /९.३८ पिएस२ ७ हजार आएपिएमको अधिकतम पावर आउटपुट प्रदान गर्दछ। १०.५ एनएम २ ५, ५०० आरपिएमको उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल (सेकेन्डमा ०–६) किमी प्रतिघण्टाको गति बढाउँछ।
पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ। यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबी चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र टिभिएस प्याटेन्टेड इजेट सेन्टर स्ट्यान्ड रहेको छ।
मरिन ब्लु कलरमा उपलब्ध नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको मूल्य २ लाख ९९ हजार ९ सय रहेको छ । यो पोखराको बतास ब्रदर्स प्रालिमा उपलब्ध छ।