काठमाडाैं। अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्कले नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ।
माेटाेइन्कले आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेकाे हाे। येज्दी मोटरसाइकल भारतीय मोटरसाइकल उद्योगमा एक प्रतिष्ठित नाम हो। १९७० दशक देखि यो मोटरसाइकल आफ्नो बेजोड प्रदर्शनका लागि परिचित छ।
क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको हो।
कम्पनीका अनुसार येज्दी मोटरसाइकल रोडस्टर, स्क्र्याम्बलर र एडभेन्चर मोडलमा उपलब्ध छ भने सबै मोडलहरूमा शक्तिशाली ३३४ सिसी, सिंगल सिलिन्डर, ४–स्ट्रोक, लिक्विड–कुल्ड, डिओएचसी इन्जिन छन्।
येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्वीन एक्जस्ट सिस्टम पनि छ। जसले इन्धन दक्षता र कम उत्सर्जन सुनिश्चित गर्दछ। एन्टी–लक ब्रेकिङ सिस्टम (एबिएस) र स्लिपर क्लच जस्ता सुविधाहरू सहित बाइकहरूलाई आरामदायी र सुरक्षित सवारी अनुभव प्रदान गर्न डिजाइन गरिएको छ।
येज्दी ब्रान्डको समृद्ध इतिहासलाई सम्मान गर्दे क्लासिक डिजाइनको साथ अत्याधुनिक प्रविधि र आधुनिक सुविधाहरूको संयोजन गर्दै सटिकता र विवरणहरूमा ध्यान दिएर डिजाइन गरिएको छ।
रोडस्टर एक क्लासिक क्रुजर हो जसले आधुनिक सुविधाहरूको साथ रेट्रो डिजाइनलाई संयोजन गर्दछ, जसले यसलाई खुला सडकहरूमा लामो सवारीको लागि उत्तम मोटरसाइकल बनाउँछ।
स्क्रयाम्बलर एउटा असाधरण र बहुमुखी मोटरसाइकल हो जसले शहरको सडकदेखि अफ–रोड ट्रेलहरूसम्म कुनै पनि भू–भागलाई ह्यान्डल गर्न सक्छ।
एडभेन्चर मोटरसाइकल नेपालको भौगोलिक बनावट अनुसार सुविधाहरू र उत्कृष्ट प्रदर्शनका साथ डिजाइन गरिएको छ। याे मोटरसाइकलको मूल्य ९ लाख १६ हजारदेखि ९ लाख ९८ हजारसम्म पर्ने कम्पनीले जनाएकाे छ।