काठमाडौं। पब्जी मोबाइल र नेपालको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकबीच गेमिङको जोश र मनोरञ्जनलाई थप सशक्त बनाउने उद्देश्यले दुई पक्षबीच सम्झौता भएको छ।
दुई पक्षबीच आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालमा मोबाइल गेमिङप्रति आकर्षक बढिरहेको समय र ५० लाखभन्दा बढी पब्जी मोबाइल सक्रिय रहेको अवस्थालाई मध्यनजर गरेर गेमरलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकतालाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक भएकाले सम्झौता भएको वर्ल्डलिंकका सिइओ केशव नेपालले बताए।
वर्ल्डलिंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा लिएको र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्न तत्पर भएको उनको भनाइ छ।
'थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एक गेमिङको अनुभव प्राप्त गर्न सक्नेछन् जसले गेमिङप्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। याे वृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङकाे जीवन्त अनुभव प्रदान गर्ने छ,' वर्ल्ड लिंकका सिइओ नेपालले भने।
यस साझेदारीको महत्वबारे बताउँदै टेनसेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले पार्थ शर्माले मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको बताए। उनले यो खेलको लोकप्रियता मात्र नभएर, यस खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएको बताउँदै पब्जीमा डिएसआर, डेडआईज गाईज, स्काइलाइट गेमिङ र टिटुके जस्ता प्रतिभाले पब्जी मोबाइलका लागि ग्लोबल एस्पोर्टस इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेको स्पष्ट पारे।
'यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्दसमेत मिल्छ। गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएका छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं। त्यसैले हामीले वर्ल्ड लिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौ, यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्दछ, यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरुवात मात्र हो,' उनले भने।
साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने बताएको छ। नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गर्न सकिने बताएको छ।