काठमाडाैं। नेपालका प्रमुख होटलका शेफहरूकाे भेला सम्पन्न भएकाे छ। शेफहरुलाई एकै ठाउँमा ल्याएर सञ्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यले आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण आयोजना गरेको हाे।
शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न गरिएकाे थियाे। देशमा कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए। उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष श्याम लामालगायत अन्य शेफहरुको उपस्थिति रहेको थियो।
सत्रमा शेफ समुदाय यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो।
कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष शाहले ब्रान्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रीप्लसले थपेको फाइदाका बारेमा बताए । उनले स्वस्थ खाना पकाउने तेलको महत्त्व र जनस्वास्थ्यमा त्यसको प्रभावमा जोड दिए।
आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवाल भने नेपालका चर्चित र प्रमुख शेफहरू भेट्न पाउँदा र शेफ समुदायमा हाम्रो उत्पादन न्यूट्रिप्लसको परिचय दिन पाउँदा गर्व महसुस भएकाे उनले बताए।
यस सत्रको उद्देश्य आफ्नो व्यवसायिक जीवनमा व्यस्त शेफहरूबीच सुमधुर भेटघाट र चिनजान गराउने भएकाे उनले जानकारी दिए। यस सत्रको सफलताले हामीलाई शेफ समुदायका लागि नियमित अन्तरालमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न उत्प्रेरित गरेको उनले बताए।
आरएमसी समूहले विगत तीन दशकदेखि नेपाली बजारमा अग्रणीका रूपमा निर्माण क्षेत्रलाई सेवा दिँदै आएको छ। समूहपय उपभोक्ता र सरोकारवालाहरूको विश्वास अब खाद्यमा पनि विस्तार गर्ने उधेश्यले आरएमसी फुड्स सन् २०२१ मा स्थापित गरेको छ। आरएमसी फुड्स प्रालि खाद्य पदार्थको उत्पादन, प्रशोधन र नेपालभित्र र निर्यात बजारका लागि सम्बन्धित उत्पादनहरूमा केन्द्रित छ।
दशकौं पुरानो परम्परालाई निरन्तरता दिँदै, समूहले नेपालको औद्योगिक क्षेत्र जीतपुर, बारामा सबैभन्दा ठूलो र अत्याधुनिक तेल प्रशोधन कारखाना स्थापना गरेको छ र एकैसाथ अन्य थप उत्पादनहरू ल्याउने योजना छ।