काठमाडौं। नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा एभरेष्ट बैंकका डिपुटी जेनरल मेनेजर गौरब कुमार तथा लक्ष्मी कमर्शियल भेहिकल्सका सेल्स एन्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरे। सम्झौताअनुसार एसएमल इसुजुका ग्राहकहरुले वैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्नेछन्।
लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो। लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरु, बिएमडब्लुका कारहरुको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो। लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरु र एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक बितरक भै कार्य गरि आएको छ।
एभरेष्ट बैंकसँग भएको सम्झौताअनुसार लक्ष्मी कमर्शियल भेहिकल्सले नेपालमा आयात गरेर बिक्री वितरण गर्ने एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मूल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ।
साथै, यस्तो कर्जा बढिमा ७ वर्ष सम्मको लागि उपलब्ध हुनेछ। साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने पनि उल्लेख गरिएको छ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकल्स प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरुको आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको छ। यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरु नेपालमा आयात गरि नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरुलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ।
एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरु देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरु उत्पादन गर्ने गर्दछ। मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरु नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन्।