काठमाडौं। मेरो अटो मोटर र्यालीको तेस्रो संस्करण आगामी वैशाख १५ र १६ गते शुक्रबार र शनिबार आयोजना हुने भएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ।
मेरो अटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने अपेक्षा गरिएको छ।
र्यालीलाई भव्य बनाउन विभिन्न ब्रान्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागी रहने छन्। उक्त र्यालीको ‘इन एसाेसिएसन विथ’ लक्ष्मी हुन्डाई र बिवाइडी रहेका छन्।
र्यालीको तयारी पूरा भएको जानकारी दिदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो। यसमै आधारित रहेर र्यालीको तयारी गरेका छौं।’
काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टार स्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ। र्याली शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। यसको समापन भने शनिबार गरिने छ।
र्यालीमा प्रयोजकको रुपमा एमजी, सिप्रदी, भिडब्लू, ग्लोवल आइएमई बैंक, सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स जस्ता ब्रान्ड छन्। र्यालीको बैंकिङ पाटनर सिटिजन्स बैंक छ भने, बेभरेज पाटनर हिमालयन ब्रुअरी, ल्यूब पाटनर नेपाल ल्यूव आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका छन्।