काठमाडौं। भारतीय बजारमा एमजीको नयाँ विद्युतीय कार ‘कोमेट इभी’ सार्वजनिक भएको छ।
इन्डोनेसियन कम्पनी वुलिङ एयर इभीमा आधारित यस कारमा फराकिलो एलइडी लाइट बार जस्तो आकर्षक टच उपलब्ध छ।
१७.३ किलोवाट आवरको ब्याट्री प्रयोग भएको कोमेटमा पानी र धुलोबाट बच्ने विशेषता पनि उपलब्ध छ। यसले २३० किलोमिटरको रेन्ज दिने बताइएको छ।
कम्पनीले नै उपलब्ध गराउने ३.३ किलोवाटको अनबोर्ड चार्जरले यसलाई ७ घन्टामा फुल चार्ज गर्न सकिने बताइएको छ।
वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, म्यानुअल एसी कन्ट्रोल, किलेस इन्ट्री, स्टेयरिङ माउन्टेड कन्ट्रोल, तीन यूएसबी पोर्ट र ५५ वटाभन्दा बढी कनेक्टेड फिचर यस कारमा उपलब्ध छन्।
यसको सेफ्टी फिचरहरूमा एबिएस, इबिडी, टिपिएमएस, रिभर्स क्यामेरा र सेन्सरका साथै ड्युअल फ्रन्ट एयर ब्याग समावेश छन्।
भारतमा अप्रिल २७ देखि टेस्ट ड्राइभ र १५ मे देखि बुकिङ गर्न सकिने कोमेटको डेलिभरी पनि त्यही समयमा सुरु हुने बताइएको छ। यसको मूल्य ७ लाख ९८ हजार भारु तोकिएको छ।