काठमाडाैं। प्रभु बैंक र धनगढी– ०२, कैलालीस्थित सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धीमा सम्झौता भएको छ।
बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरका तर्फबाट अध्यक्ष दिनेशराज जैसीले सम्झौतामा हस्ताक्षर गरे।
प्रभु बैंकका ग्राहकहरुलाई सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरमा ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउने जनाएकाे छ।
यस्तै प्याथोलोजी, एक्स्–रे, युएसजी, एन्डोस्कोपी, नर्मल बेड, एचडियु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु/एनआइसियु सेवामा १० प्रतिशत छुट प्राप्त हुने र प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट फार्मेसीबाट पाउने सम्झौतामा उल्लेख छ।
सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंङ, इन्टरनेट बैंकिंङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।