काठमाडौं। शुक्रबार हिमालयन स्टक एक्सचेञ्जले आवेदन दिएको दुई दिनपछि दुई कम्पनी नयाँ स्टक एक्सचेञ्जका लागि नेपाल धितोपत्र बोर्ड पुगेका छन्।
आइतबार नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिने अन्तिम दिन हो। यसदिन नेसनल र अन्नपूर्ण स्टक एक्सचेञ्जले बोर्डमा आवेदन दिएपछि तीन कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ।
अन्नपूर्णमा सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापाको लगानी रहेका छ। यस्तै ग्रीन डेभलपमेन्ट बैंकका सञ्चालक गणेशकुमार श्रेष्ठ, ऊर्जा उद्यमी पूर्णलाल श्रेष्ठ र प्रमोद खड्का, मुक्तिबोध न्यौपाने, बलराम उप्रेती, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ र शेखर सुवेदी सञ्चालक रहेका छन्।
तीन वटै कम्पनीमा भिआईपी उद्योगी÷व्यवसायीको संग्लनता छ। हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालको प्रमुख लगानीमा उद्योगीहरू पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, दीपक भट्टलगायतको लगानी छ।
नेसनल स्टक एक्सचेञ्जमा सिद्धार्थ ग्रुप, केडिया ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका तर्फबाट जीवा लामिछाने, अग्नि ग्रुप र रिलायन्स ग्रुपको मुख्य लगानी छ।
कम्पनीमा गैरआवासिय नेपाली संघका अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी रहको बोर्डले जनाएको छ। अग्नी ग्रुपबाट क्याविनेट श्रेष्ठ सञ्चालक छन्।
त्यसैगरी, अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद्ध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेतीलगायतको लगानी छ।