एजेन्सी। चीनको १० खर्ब (१ ट्रिलियन) अमेरिकी डलर लगानीको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) ‘इन्फ्रास्ट्रक्चर फाइनान्स’ कार्यक्रम खराब ऋणमा परिणत हुन थालेको छ। तीन वर्षमा ७८ अर्ब डलरभन्दा बढीको ऋण खराब भएको छ।
यो योजनाले चीनलाई विश्वको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता बनायो। तर, तथ्यांकले बेइजिङ र यसका ठूला बैंकका लागि आर्थिक केन्द्र बनेको देखाउँछ।
न्युयोर्कस्थित अनुसन्धान संस्था रोडियमले संकलन गरेको तथ्यांकअनुसार सडक, रेलमार्ग, बन्दरगाह, विमानस्थल र विश्वभरिका अन्य पूर्वाधारका लागि चिनियाँ संस्थाबाट करिब ७८.५ अर्ब डलर ऋण सन् २०२० र यस वर्ष मार्च अन्तिमतिर पुनःवार्ता वा रद्ध गरिएको थियो।
यो २०१७ देखि २०१९ को अन्त्यसम्मको तीन वर्षमा रोडियमले रेकर्ड गरेको पुनः वार्ता र ‘राइटअफ’ (अपलेखन) मा १७ अर्ब डलरभन्दा चार गुणा बढी हो।
एक दशकमा बिआरआई ऋण दिने कूल ‘स्केल’ को कुनै आधिकारिक तथ्यांक छैन। तर, अमेरिकाको विलियम एन्ड मेरी विश्वविद्यालयमा एड डेटाका कार्यकारी निर्देशक ब्राड पाक्र्सका अनुसार यो कतै ४१ खर्ब डलरको रहेको विश्वास गरिन्छ।
बेइजिङले बिआरआई परियोजनामा हस्ताक्षर गरेका करिब १ सय ५० देशमध्ये ठूला उद्धारकर्ताद्वारा सार्वभौम ‘डिफल्ट’ रोक्न उद्धार ऋणको अभूतपूर्व मात्रा विस्तार गरेको छ।
एड डाटा, विश्व बैंक, हार्वर्ड केनेडी स्कुल र विश्व अर्थतन्त्रका लागि किल इन्स्टिच्युटका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार त्यस्ता सार्वभौम बेलआउटको मूल्य २०१९ र २०२१ को अन्त्यमा १ खर्ब ४ अर्ब डलर थियो।
२००० र २००१ को अन्त्यमा लामो समयसिमामा विकासोन्मुख देशलाई यस्तो बेलआउट कूल २ खर्ब ४० अर्ब डलर थियो।
बिआरआई ऋण लिने देशको बढ्दो संख्या विश्वव्यापी वृद्धिमा मन्दी, बढ्दो ब्याजदर र विकासोन्मुख देशमा रेकर्ड उच्च ऋणस्तरले दिवालियापनको छेउमा धकेलिएको छ। यी देशका पश्चिमा ऋणदाताले यसबीचमा ऋण पुनर्संरचना वार्ता अवरुद्ध गरेकोमा चीनलाई दोष दिएका छन्।
‘साँच्चै मलाई लाग्छ कि यो केवल सुरुवातमात्र हो। चिनियाँ बैंकहरूले उनीहरूको सबैभन्दा ठूलो विदेशी उद्धारकर्ताहरूसँग पूर्वाधार परियोजना ऋण सेवा जारी राख्न पर्याप्त तरलता छ भन्नेमा सुनिश्चित छन्’ पाक्र्सले भने,।
त्यसोभए बेइजिङ सम्भवतः आपतकालीन ऋण व्यवस्थापनमा गइरहेको छ किनकि यसका सबैभन्दा ठूलो उद्धारकर्ता आर्थिक संकटमा छन्। २०२० र २०२१ मा महामारीको उचाइको तुलनामा २०२२ मा बिआरआई पुनः वार्ता र राइटअफको गति केही सुस्त भयो। तर, विज्ञहरूले यसले चीनको ऋण पुस्तकको अन्तर्निहित गुणस्तर सुधार भएको संकेत नगरेको बताए।
रोडियमका वरिष्ठ अनुसन्धान विश्लेषक म्याथ्यु मिन्गेका अनुसार चीनको ऋण प्राप्त गर्ने केही प्रमुख प्राप्तकर्ता जस्तै पाकिस्तान, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र द्विपक्षीय बेलआउट समात्न सफल भएका छन्। पछिल्लो समय बिआरआईमा दरार फराकिलो हुँदैछ।
बेइजिङले विश्वमा चीनको प्रतिष्ठा र राष्ट्रपति सी चिनफिङले झन्डै एक दशकअघि बिआरआईलाई ‘शताब्दीको परियोजना’ घोषणा गरेका थिए।
‘धेरै देशले अझै पनि बिआरआईको ढाँचाअन्तर्गत चीनबाट लगानीलाई स्वागत गरिरहेका छन्। म त्यो परिवर्तन भएको देख्दिनँ,’ बर्लिनस्थित थिंक ट्यांक मेरिक्सका विश्लेषक फ्रान्सेस्का घिरेट्टीले भने।
कार्नेगी चाइनाका फेलो जु गोङका अनुसार चीनले यो वर्ष अन्त्यमा ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’ आयोजना गर्ने अपेक्षा छ। बिआरआई उपलब्धीको एक दशक मनाउन र सहयोगका लागि भविष्यका योजनाका नक्सा बनाउन फोरम प्रयोग गरिने छ।
एकै समयमा चीनले विकासोन्मुख देशमा आफ्नो राजनीतिक र कूटनीतिक क्षेत्र फराकिलो गर्दैछ। २०२१ देखि सीले विश्वशासन संरचना पुनर्निर्माण गर्ने र दोस्रो विश्वयुद्धको अन्त्यदेखि विश्व मामिला निर्देशित गर्ने पश्चिमा नेतृत्वका संस्थाका प्रभाव कम गर्ने उद्देश्यले तीनवटा रणनीतिक पहल सुरु गरेका छन्।
बेइजिङले तीमध्ये दुईका लागि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको छ। ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ’ (जिडिआई) र ‘ग्लोबल सेक्युरिटी इनिसिएटिभ’ (जिएसआई) चिनियाँ दृष्टिकोणको मित्र बन्न हस्ताक्षर गर्ने ती देश पनि बिआरआईअन्तर्गत चिनियाँ ऋणदाताका ऋणी छन्।
कम्बोडिया, मंगोलिया, क्युबा, उरुग्वे, निकारागुआ र बेलारुसले हालैका बैठकमा जिएसआईका लागि आफ्नो समर्थन रहेको जनाएका छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार जिडिआईका मित्रहरूको समूहमा झन्डै ७० देश संलग्न छन्।
(फाइनान्सियल टाइम्सबाट)