एजेन्सी। कोरोना महामारीले वर्षौंको गति रोक्नुअघि विश्वव्यापी वायुसेवा उद्योगले वृहतखालको वृद्धिको अनुभव गरिरहेको थियो।
सन् २००४ मा प्रतिवर्ष १ अर्ब ९० करोड मानिसले हवाई यात्रा गरेका थिए। यो संख्या २०१९ मा आइपुग्दा दोब्बरभन्दा बढी वृद्धि भई ४ अर्ब ७० करोडसम्म पुगेको थियो। यो कोरोना महामारीअघिको कुरा हो।
तर, २०२० मा विभिन्न एयरलाइन्सबाट यात्रा गर्नेको संख्या घट्यो। संख्या १ अर्ब ८० करोडमा झरेको थियो। पछिल्लो वर्ष महामारीले थलिएको एयरलाइन्स बिजनेसले फेरि गति लिएको छ।
कोरोना महामारीले शीर्ष एयरलाइन्स (वायुसेवा) कम्पनीहरूको ‘ब्रान्ड’ मूल्य उल्लेखनीय घटायो। २०१३ देखि २०२२ सम्म सबैभन्दा मूल्यवान एयरलाइन्स ब्रान्ड पनि खस्किएका थिए।
पछिल्ला दुई वर्षको गिरावटपछि शीर्ष एयरलाइन्सहरूको ब्रान्ड मूल्य परिवर्तन हुनपुग्यो भने २०२२ मा बढेको छ।
ब्रान्ड मूल्यअनुसार वर्गीकरण गर्दा अमेरिकी एयरलाइन कम्पनीहरूले लामो समयदेखि उड्डयन क्षेत्रमा प्रभूत्व जमाएका छन्।
२०२२ मा अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड र साउथ वेस्ट गरी चार वायुसेवा कम्पनीको ब्रान्ड भ्यालु २४ अर्ब १० करोड अमेरिकी डलरबराबर छ। २०१७ देखि शीर्ष पाँचमध्ये चार प्रतिनिधित्व यी चार अमेरिकी एयरलाइन्सले गरेका छन्।
सबैभन्दा महँगो ब्रान्ड भ्यालुको वायुसेवामा डेल्टा एयरलाइन्स परेको छ। डेल्टाको ब्रान्ड भ्यालु ७ अर्ब ३० करोड डलरको छ। यस्तै दोस्रो स्थानमा अमेरिकन एयरलाइन्स छ। उसको ब्रान्ड भ्यालु ६ अर्ब ६० करोड डलर छ। यस्तै तेस्रो स्थानमा रहेको युनाइटेड एयरलाइन्सको ५ अर्ब ५० करोड डलर छ।
पाँचौ स्थानमा मध्यपूर्वको इमिरेट्स एयरलाइन्स परेको छ। इमिरेट्सको ब्रान्ड भ्यालु ५ अर्ब डलरबराबर छ। यस्तै अमेरिकाको साउथ वेस्ट एयरलाइन्सको ब्रान्ड भ्यालु इमिरेट्सको जति अर्थात ५ अर्ब डलर नै छ।
सातौं स्थानमा एयर क्यानडाको साढे २ अर्ब, आठौं स्थानमा रहेको एयर चाइनाको २ अर्ब ४० करोड डलर, नवौं स्थानमा जर्मनीको लुफ्थान्सा एयरलाइन्सको २ अर्ब ३० करोड छ। चाइना साउदर्न एयरलाइन्सको पनि २ अर्ब ३० करोड र जापानको एएनए एयरलाइन्सको पनि ब्रान्ड भ्यालु २ अर्ब ३० करोड डलर छ।
सन् १९२५ मा कलेट इ उलम्यानले स्थापना गरेको डेल्टा विश्वकै पुरानो एयरलाइन्स हो। यसको केन्द्रीय कार्यालय जर्जिया राज्यको एटलान्टामा छ।
विशेषगरी पहिलो स्थानको डेल्टा २०१४ देखि शीर्ष स्थानमा वा दोस्रो स्थानमा रहेको छ। अर्कातर्फ, दोस्रो स्थानमा रहेको अमेरिकन एयरलाइन्स २०१३ मा शीर्ष १० मा पनि थिएन। तर, युनाइटेड र लुफ्थान्सा द्रुत गतिमा उक्लिए।
इमिरेट्स पनि एक बलियो प्रतिस्पर्धी हो र इमिरेट्सले स्तरीय ग्राहक सेवाका लागि धेरै पुरस्कार जितेको छ। युएईमा रहेको कम्पनीले २०१३ देखि २०१६ सम्म लगातार चार वर्षसम्म सबैभन्दा बहुमूल्य उपाधि जितेको थियो।
केही एयरलाइन्सका अधिकारीहरू अहिले धेरै आशावादी छन्। जे भए पनि २०१९ को तुलनामा २०२० मा हवाई उद्योगको आम्दानी ५४ प्रतिशत घटेर ८ खर्ब ३८ अर्ब डलरमा झरेको थियो।
ब्रान्डका कारण यात्रुले पुनरागमन गर्ने अनुमान गरिएको छ। पुनरुत्थानपछि र ब्रान्ड भ्यालु फेरि बढ्न सक्छ।
ब्रान्ड मूल्य कसरी निर्धारण गरिन्छ?
ब्रान्ड मूल्यले बजार अनुसन्धान (मार्केट रिसर्च) को विधि प्रतिविम्बित गर्छ। प्रयोगकर्ताले वास्तवमा ब्रान्डका लागि भुक्तानी गर्छन्। यो विधिले ब्रान्डको स्कोरकार्डमा गणना गरिएको भविष्यको आम्दानी पनि समावेश गर्दछ।
विगतको आम्दानी र वृद्धि दर, बजार, लगानी, सरोकारवालाको स्वपुँजी (इक्विटी) र व्यापार कार्यसम्पादन ब्रान्ड मूल्य गणनामा समावेश गरिन्छ।