काठमाडौं। एमएस ग्रुपले सञ्चालन गरेको पाँचतारे मेरियट होटलको व्यापार २ सय ४३ प्रतिशत बढेको छ। सन् २०२२ मा मेरियट होटलले १ अर्ब २ करोड ४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
सन् २०२१ म २९ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ। एक वर्षको अवधिमा होटलले ७२ करोड ६० लाख रुपैयाँ व्यापार बढाएको एभरेष्ट हस्पिटालिटी एन्ड होटल्स लिमिटेडले जनाएको छ।
२०२० मा होटलले ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। होटलले २ अर्ब ८३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
कूल आम्दानी मध्ये कोठा र सेव बिक्रीको हिस्सा ५२ प्रतिशत छ। होटलको कोठाको दर औसत १३ हजार १ सय ९० रुपैयाँ छ।
राजधानी नक्सालमा रहेको मेरियट पाँचतारे होटल हो। गत वर्ष होटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो। होटलमा २ सय १४ वटा कोठाहरु छन्। एभरेष्ट हस्पिटालिटीको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड मेरियट इन्टरनेसनल इंकले गरेको छ।
होटलको अध्यक्ष सुमितकुमार अग्रवाल रहेका छन्। उनी भगवती स्टिल इन्डष्ट्रिजका अध्यक्ष पनि हुन्। गौरव अग्रवाल प्रवन्ध सञ्चालक छन्।
एमएस ग्रुपका सञ्चालक पनि हुन्। एमएस ग्रुप, स्टिल, कागज, चिनी, केमिकल, रियलस्टेट, होटल, बैंक तथा बिमामा लगानी रहेको छ।