काठमाडौं। अधिकांश वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा साढे ३ प्रतिशतमाथि रहेका बेला चार बैंकले चमत्कारिक कुशलता प्रर्दशन गरेका छन्।
आर्थिक अवस्था नराम्ररी बिग्रिएका बेला पनि एनआईसी एसिया बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जा १ प्रतिशत तल रहेको उनीहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको विवरणमा उल्लेख छ।
चार बैंक मध्ये पनि सबैभन्दा कम निष्क्रिय कर्जा एभरेष्टको छ। एभरेष्टको ०.७० प्रतिशत छ। त्यसैगरी, दोस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशत छ।
त्यसैगरी, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निष्क्रिय कर्जाको प्रतिशत क्रमश ०.९७ र ०.९० रहेको छ।
एनआईसी एसिया बैंकको प्रतिशत तल छ। खुदब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको खुदनाफा बढ्न पुगेको हो।
बैंकको खुदब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन नाफा १३.१० प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ छ।
त्यसैगरी, एभरेष्ट बैंकले खुदनाफा पनि ६२.६३ प्रतिशत बढाएर चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पु¥याएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। २ अर्ब ४६ करोड रुपैयाँ खुदनाफा गरेको एभरेष्टको वितरणयोग्य नाफा भने मुनाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ।
चैत मसान्तसम्ममा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुदनाफा कमाएको थियो।
उक्त अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब १६ करोड रुपैयाँ छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ६३ पैसा बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ।
त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्डको साउनदेखि चैतसम्म बैंकको वितरणयोग्य नाफा नै २ अर्ब ५६ करोड रुपैयाँ छ। जबकि यसले २ अर्ब ६१ करोड रुपैयाँ खुदनाफा गरेको छ।
गत वर्षको यही अवधिमा बैंकले १ अर्ब ६२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।