एजेन्सी। भारतको पूर्वाधारमा साम्राज्य स्थापित गरेका संसारका सर्वाधिक धनीमध्येका गौतम अडानी बिस्तारै ऋणको पासोमा पर्दै गएका छन्। पछिल्लो समय उनको ऋण दायित्व २१ प्रतिशत बढेको छ।
अडानी ग्रुपको स्टक एक्सचेन्जमा सूचीबद्ध सात फर्ममा कूल ऋण गत मार्चसम्ममा २३ खर्ब भारु (२८ अर्ब डलर) पुगेको छ। यस विषयमा परिचित व्यक्तिहरूका अनुसार अडानीकाे ऋण उक्त परिमाणबराबर पुगेकाे हाे।
सन् २०१९ पछि अडानी ग्रुपको ऋण लगातार बढ्दै गएको छ। किनकि, समूहले `ब्रेकनेक´ गतिमा लगानी विस्तार गरेको छ।
समूहको भित्री कार्यसँग परिचित व्यक्तिहरू र लगानीकर्ताहरूलाई प्रस्तुतीकरणबाट प्राप्त जानकारीले मार्च अन्त्यमा यसको उधारो विश्वव्यापी अन्तर्राष्ट्रिय बैंकहरूमा २९ प्रतिशत रहेको खुलासा गर्दछ। अडानी ग्रुप सात वर्षअघि समूहको ऋणदाताहरूको सूचीमा समावेश थिएन।
भारतको गुजरात राज्यमा रहेको डलर अर्बपति अडानीको समूह द्रुत गतिमा बढेको छ। ग्रुपले अस्ट्रेलिया र इजरायल जत्तिकै व्यापारिक चासोसाथ अन्तर्राष्ट्रियस्तरमा जोडिएको छ भन्ने कुरा यसको आर्थिक र ऋणदाताको मिश्रणले देखाएको छ।
अमेरिकी सर्ट सेलर हिडनबर्गले कर्पोरेट ठगी गरेको वित्तीय विवरण सार्वजनिक गरेपछि अडानी ग्रुप अहिले समस्यामा छ। हिन्डनबर्गको रिपोर्ट सार्वजनिक हुनुअघि अडानी विश्वको सर्वाधिक धनीको सूचीमा तेस्रो स्थानमा थिए।
सर्टसेलर हिन्डनबर्गले कर्पोरेट ठगी रिपोर्ट सार्वजनिक गरेपछि उनको स्टक एक्सचेन्जमा सूचीबद्ध सात कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएपछि गौतमको सम्पत्ति घटेको हो। अडानीको सम्पत्ति घटेपछि मुकेश अम्बानीभन्दा धेरै तल २४औं स्थानमा पुगेका छन्।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश विश्वको धनी सूचीमा नवौं स्थानमा छन्। फोर्ब्सका अनुसार मुकेशको सम्पत्ति ८३ अर्ब ४० करोड डलर छ।
अडानीकाे अडानी इन्टरप्राइजेज, अडानी पोर्ट एन्ड सेज, अडानी ग्रिन इनर्जी, अडानी पावर, अडानी ट्रान्समिसन, अडानी टोटल ग्यास र अडानी विल्मर कम्पनीको ऋण बढेको हो।
अडानीको अम्बुजा सिमेन्ट, एसिसी, एनडी टिभी, नर्थ क्विन्सल्यान्ड एक्सपोर्ट टर्मिनल छन्। २०२१/०२२ मा अडानी ग्रुपका कम्पनीको कूल आम्दानी २३ खर्ब भारु (२८ अर्ब डलर) थियो।
अदानीका कार्यकारीहरूले बारम्बार आरोप अस्वीकार गरे र व्यक्तिगत बैठक र ऋण चुक्ता गर्न लगानीकर्तालाई आश्वस्त पार्न खोजेका छन्। समूहको स्टक र डलर बन्डहरू हिन्डनबर्गका कारण भएको बिक्रीबाट पूर्णरूपमा पुनः प्राप्ति हुन सकेको छैन। यद्यपि, ऋण अनुपातमा सुधारले कुनै पनि वृद्धिलाई रोक्न मद्दत गर्नसक्छ।
गत महिना अन्त्यसम्ममा समूहको वित्त कसरी `स्ट्याक अप´ भयो भन्नेबारे यहाँ केही विवरणह छन्। ब्लुमबर्गले तथ्यांकबारे सम्पर्क गर्दा अडानी समूहका प्रवक्ताले टिप्पणी गरेनन्।
ब्लुमबर्गका अनुसार अडानी फर्महरूले विगत केही वर्षमा कम्पनीको दायित्व सेवा गर्ने क्षमताको मापन गर्ने मुख्य मेट्रिकमा सुधार गरेका छन्। ब्याज, कर, मूल्य ह्रास र परिशोधन अघि रनरेट आम्दानीमा शुद्ध ऋणको अनुपात मार्चमा समाप्त भएको आर्थिक वर्ष २०२३ मा करिब ३.२ थियो।
त्यो गत सेप्टेम्बरको अडानी रिपोर्ट २०१३ मा ७.६ देखाइएको भन्दा कम हो। अडानी समूहले आफ्नो ऋण थप घटाउन खोजिरहेको तथ्यांकले देखाएको छ।
अडानीको ऋणबारे अनुसन्धान फर्म क्रेडिट साइट्सले यसलाई गहिरो `ओभरलिभरेज्ड´ भनेको छ।
पेट्रोकेमिकल्स, एलुमिनियय, स्टिल र सडक परियोजनामा ध्यान केन्द्रित गर्दै बन्दरगाह, पावर र हरित ऊर्जा समावेश गर्ने मुख्य क्षेत्रहरूमा अदानीले ध्यान केन्द्रित गरेको ब्लुमबर्गले गत महिना रिपोर्ट गरेको थियो।
ब्लुमबर्गले देखेको सबैभन्दा ताजा तथ्यांकले जोखिम बढेको देखाएको छ। मार्च अन्त्यसम्ममा समूहको बन्डका उधारो ३९ प्रतिशत थियो। जुन २०१६ मा १४ प्रतिशत थियो। अझै स्थानीय उधारो ठूलो हुनसक्छ।
स्टेट बैंक अफ इन्डिया सम्पत्तिका आधारमा राष्ट्रको शीर्ष ऋणदाता हो। स्टेट बैंकको अडानी समूहमा करिब २ खर्ब ७० अर्ब भारु (९३.३ अर्ब डलर) को एक्सपोजर थियो।
`मुडी´ इन्भेस्टर्स सर्भिसले फेब्रुअरीमा आगामी केही वर्षमा अर्बौ डलरको कोष लागत र पुनर्वित्त आवश्यकतामा हुने जोखिमलाई देखाएको थियो।
तर, समूहका प्रवक्ताले यस महिना सुरुमा ब्लुमबर्गलाई कुनै भौतिक पुनर्वित्त जोखिम नभएको र निकट अवधिमा तरलता आवश्यकता सहज छन्। किनभने, आउने महिनामा कुनै ठूलो ऋण चुक्ता नहुने बताए। अडानीको वृद्धि र विविधिकरणको उल्टो सम्पत्तिको निरन्तर बढ्दै गएको थियो।
पहिलो पुस्ताका उद्यमीले सन् १९८० को दशकमा हिरा व्यापारीको व्यवसायिक कारोबारका रूपमा सुरु गरेका थिए र एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए।
उनले बन्दरगाह र कोइला व्यापारमा आफ्नो साम्राज्य निर्माण गरे र पछिल्ला केही वर्षमा विमानस्थल, नवीकरणीय ऊर्जा, डेटा सेन्टर, सिमेन्ट र मिडियामा लगानी विस्तार गरेका छन्।
(लाइभ मिन्टको सहयोगमा)