काठमाडाैं। स्मार्टफोन बजारमा पछिल्लो समय साओमी १३ अल्ट्राको निकै चर्चा भइरहेको छ। यो फोन डिजाइन, ब्याट्री क्षमता र अन्य विविध विशेषताले पनि चर्चाको शिखरमा छ।
धेरै प्रयोगकर्ताको पर्खाइमा रहेको यस फोन कहिले सार्वजनिक हुन्छ भन्ने विषय पनि धेरैको चासोको रुपमा रहेको छ। साओमीले यो वर्षको सुरुवातमा साओमीले १३ सिरिजका स्मार्टफोनहरू सार्वजनिक गरेको थियो।
लाइकासँगको सहकार्यमा तयार भएको क्यामेरा प्रयोग भएको भनिएको साओमी १३ अल्ट्रा अब सार्वजनिक हुने कम्पनीले जनाएको छ। कम्पनीले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै स्मार्टफोन अर्को महिना सार्वजनिक गर्ने जानकारी दिएको छ।
फोनमा लाइकासँगको सहकार्यमा कम्पनीले ५० मेगापिक्सेल मुख्य क्यामेरा समावेश गरिएको छ। यसमा ५०–५० मेगापिक्सेल कै दुइटा जुम फोकस क्यामेराहरू पनि छन्। सेल्फिको लागि भने ३२ मेगापिक्सेलको क्यामेरा छ।
क्यामेरा कै लागी पनि यो फोन चर्चामा छ। क्यामेरासँगै फोनमा स्न्यापड्रागन ८ जेन २ चिपसेट प्रयोग गरिएको छ। साथै फोनको स्क्रिन भने ६.७ इन्चको रहेको छ। फोनमा ९० वाटको चार्जिङ सपोर्ट सहितको ४९०० एमएएच ब्याट्री दिइएको छ।
फोन १२ जिबी र्याम र १२ जीबी र्याम भेरियन्टमा उपलब्ध हुनेछ। १२ जिबी र्यामसँग २५६ जिबी स्टोरेज दिइएको छ भने १६ जिबी र्यामसँग ५१२ जीबी स्टोरेज दिइएको छ।
कम्पनीले एक पोस्ट सार्वजनिक गर्दै साओमी १३ अल्ट्रा एक प्रतिशत ब्याट्रीमा पनि एक घन्टासम्म चल्न सक्ने बताइएको छ। लाइकाको क्यामेरा भएको यो फोनले पहिले नै बजारमा चर्चा पाइरहेको छ। यसको ब्याट्रीको कुराले फोनलाई पुनः चर्चामा ल्याएको हो। यही अप्रिल १८ गते कम्पनीले यो फोन सार्वजनिक गर्दैछ।