काठमाडौं। आधुनिक डिजाइनमा निर्मित र एस्टर हाई–टेक फिचरका कारण लोकिप्रय बनेको एमजी एस्टर नेपाल आउने चर्चा भइरहेको छ।
एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको यस गाडीमा १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर ११० पिएस र टर्क १४४ एनएम छ।
५ स्पिड म्यानुल र सीभीटी ट्रान्समिसनको विकल्प उपलब्ध यस एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ। यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम रहेको छ।
नेपालका लागी आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याउन तयारी गरेको एस्टरमा एलइडी डिआरएल सहितको एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, निकै नै आकर्षक र वोल्ड लुक्स भएको ग्रिल, १७.८ सेन्टिमिटरको एलसीडी क्लस्टर, २५.७ सेन्टिमिटरको एचडी टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पानारोमिक सनरुफ र अटोमेटिक एसी लगायतका आकर्षक विशेषता उपलब्ध छन्।
क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको एस्टर सुरक्षाको मामलमा समेत निकै मजवुत रहेको कम्पनीको दाबी छ। यस कारको सेफ्टि फिचर अन्तर्गत यसमा ६ वटा एयरव्याग, एविएस, इविडी, व्रेक एसिस्ट, हिल कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, १४ प्रकारका अटोनोमस फिचर सामेल अटोनोमस ड्राइभिङ लेभल २ र ३६० डिग्री क्यामेरा दिइएको छ।
एस्टरमा १४९९ सिसी, ४ सिलिन्डर, ४ भल्भ इन्जिन जडित छ। यसमा भिटिआई–टेक १.५ पेट्रोल इन्जिन दिइएको छ जसले ६००० आरपिएममा १०८ बिएचपी पावर र ४४०० आरपिएममा १४४ एनएम टर्क जेनेरेट गर्छ। एमजीको यो एसयुभी बिएस–६ मापदण्डमा आधारित छ।
हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन र स्कोडा कुशाकलाई प्रतिस्पर्धि मानिएको एस्टरको मूल्य पनि हालैमात्र सार्वजनिक भएको छ। एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यस एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकेको छ।
यसो त, एमजीले केही साता अघि सार्वजनिक गरेको ९९ किलोवाट क्षमताको इलेक्ट्रिक कार जेडएस इभीको मूल्य पनि ४८ लाख ४९ हजार रुपैयाँ तोकेको थियो।
जेडएस इभी नेपाल आउने घोषणा भएपनि एस्टरबारे कुनै आधिकारीक जानकारी दिएको छैन। यो एसयुभी आयात प्रतिबन्धको कारण नेपाल आउन सकेको थिएन। भारतमा यो गाडी स्टाइल, सुपर, स्मार्ट र सार्प गरी कुल ४ भेरिएन्टमा बिक्री हुँदै आइरहेको छ।