काठमाडाैं। एन्ड्रोइडको स्मार्टफोन ब्रान्ड रियलमी सिले सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा ल्याएको छ।
६४ एमपिको क्यामरा र ३३ वाटको फास्ट चार्जिङ सहितको सि ५५ ले यो सेग्मेन्ट र यो मूल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ।
स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने कम्पनीको दाबी छ।
रियलमीले उपभोक्ताका लागि जीवनशैली सुहाउँदो नवीनतम प्रविधियुक्त स्मार्टफोनहरु बनाउने प्रतिबद्धता रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले जनाए। नयाँँ सी सिरिजका स्मार्टफोन ब्रान्ड न्यु स्ट्राटेजिक अपग्रेड गरेको पनि बताए। मुख्य फिचरहरुमा क्यामेरा, स्टोरेज, चार्जिङ, र डिजाइनहरु ल्याएको छ।
रियलमी सि पावरफुल, जुनसुकै व्यक्तिका लागि उपयुक्त हुने र नेपाली जनताले खरिद गर्न सकिने मूल्य रहेको पनि बताए। यो फोनमा ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ। सेल्फी क्यामरामा ८ एमपिको लेन्स रहेको छ यसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ। ३३ वाटको डार्ट चार्जिङ र ५००० एमएएच्को शक्तिशाली ब्याट्री राखिएको छ। यसले चार्जिङ पनि सपोर्ट गर्छ।
२९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ। ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले भएको एन्ड्रोइड फोनहरु सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि रहेको छ। यसमा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ।
त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ। ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ र मोबाइल तातिने समस्या कम हुन्छ।
यसमा ८ जिबिको र्याम र १६ जिबिको डाइनामिक र्याम रहेको छ। जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ । त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ ।