काठमाडौं । विद्युतीय कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसाग सहकार्य गरी नयाँ वर्षको दिनमा सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ।
यस छुट आफरअन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १ सय ५० रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्ने छन्।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन्।
यस अफरअन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआइसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेस्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।
साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम १ सय ५० रुपैयाँसम्म छुट साथै अफर पनि कायम नै कम्रपनीले जनाएकाे छ।