सर्वप्रथम यो संसदमा हामीले सम्माननीय प्रधानमन्त्री र मा. मन्त्रीज्यूहरूलाई अत्यन्त कम देख्छौं, देखेर पनि प्रश्नहरूमा उत्तर पाउदैनौ। यसै पनि यो संसद भाइब्रेन्ट देखिँदैन। यहाँ मन्त्री ज्यूहरू सँग आमन्ने सामन्ने आँखा जुधाएर प्रश्नउत्तर गर्न सकिंदैन। हामी एक थिएटरभित्र बसे जस्तो सिनेमाहलमा जस्तो वस्न बाध्य छौ।
सरकार र मन्त्रीहरूको ढाड र शीर मात्र देख्न सक्छौ। तर बोलेका कूराहरू दर्ज गराउने अभिप्रायले पनि यहाँ बोलिरहन्छौ। सेलिब्रेटी माननीयहरूको प्रश्नमा पनि पनि उत्तर आएको देखिदैन र दूरदराजबाट खुल्ला लडेका माननीयहरूको इनटरनेटका कारणले भ्युर कम हुन्छन् ।
यसैले समाचार गृहको प्राथमिकतामा उनिहरू पर्दैनन्। यहाँहरूलाई थाहै छ भ्युर धेरै हुनाले छापाको उचाई चुलिन्छ। हामीले मलको अनुदान कटौतीमा बोल्यौं सरकारको ध्यानाकृष्ट भएछ। त्यो अनुदान कटौती खारेज गरियो धन्यवाद दिन्छु। निर्वाचन दौरानमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई गोरखाली मतदाताले यतै एउटा घर बनाउन पर्यो भन्नु भएको प्रसंग सँग मैले सम्माननीय सभामुखमार्फ़त 'बुढीगण्डकी राष्ट्रीय गौरवको परियोजना' को १ अर्ब ४० करोड बजेट नारायणी तटबन्ध निर्माण र सुनकोसी मरिन डाइभर्सनलाई लगिएको छ।
यता अर्को खबर पनि आइरहेको छ कि विद्युत प्राधिकरणले बुढीगण्डकी निर्माण गर्ने ज़िम्मा पायो रे। म सरकारलाई प्रश्न गर्न चाहन्छु यसो किन गरियो? रकमान्तर गरिएको रकम फर्कन्छ कि फर्कदैन भन्ने प्रश्न गर्छु? गोरखाको जनप्रतिनिधिको हिसाबले नेपाली नेताहरू सँग मनमनै प्रश्न गरिरहन्छु 'शक्ति पीठ मनकामना' सँग विशेष भाकल गरेर कतिजना प्रधानमन्त्री मन्त्री बन्नुभो मनकामना जोड्ने सडकस्तर उन्नति र पिच आजसम्म बनेनन्? गोरखा दरबार आजसम्म पुनर्निर्माण हुनसकेको छैन।
हामीले बुढीगण्डकी परियोजना प्रभावित र समग्र गोरखा जनताको अपेक्षाप्रति गम्भीर भएनौ कि भन्ने प्रश्न उठ्न दिनु हुदैन। कम्तिमा भगवानलाई नढाँटौं भन्ने आग्रह हो। सम्मानित सदनमा सम्माननीय सभामुखको अनुमतिमा 'म लुलो जिब्रो र प्रदूषित कानमा निर्भर भएर बोलिरहेको छैन।
हाम्रो देशमा काेभिड महामारीकै बीच २०२० मा अस्ट्रेलियाको पर्थको फरटेस्क्यु मेटल कम्पनीले नेपालमा दश हजार मेघावाट ऊर्जा निकाल्न सकिने र हाइट्राेजन उत्पादन र बिक्री गर्ने अध्ययन अनुमति कार्यशाला गोष्ठी गरेको थियो। फरटेस्क्यु नेपाल सरकारसंग हाइट्राेजनसम्बन्धी निति निर्माण र लेटर अफ इनटेन्डबारे लगानी बोर्ड सँग प्रस्ताव पठाएको थियो हरायो।
पर्यटन विकासका सम्बन्धमा मैले यसपहिले पनि सम्मानित सदनमा मेरा विचार राखेको थिएँ।लेट फिफ्टिजमा दलाई लामाको पलायनपछि खम्पा युद्धमा नेपालको भूमि प्रयोग भएको आशंकामा हाम्रो हिमालको सीमानाका एक असल छिमेकको हिसाबले निषेध गरियो। यो औचित्य समाप्त भयो। चीनबाट तिब्बत आगमन सहज छ हामी हाम्रो भूगोल निषेधित नगरौ भनिरहेका छौं, नेपालका मन्त्रीपरिषद् सुन्दैनन्।
चीनले पनि आफूलाई घेरिएको अवस्थामा नेपालको भूगोललाई कन्फ्लिट को भूगोलको नजरले हेर्नू हुदैन। नेपालले पनि अप्ठेरो परिस्थितिबाट बाहिर निस्कन देशभित्रका ४ पुस्ताका प्रवासीमाथि अस्थाई बसोबासमाथि उदार हुनुपर्दछ। चीनको जस्तो शासन प्रणाली अवलम्बन गरिएको भए उसँगको निति सोही अनुरूप हुनुपर्दछ अन्यथा, चुड्डका नाच्ने बाजामा साकेला नाच्न सकिंदैन।
छिमेकीहरू ९ वर्ष देखि एकातर्फी बोर्डर बन्द गरिरहँदा बोलिरहेका छैनौ त्यहाँनिर निरपेक्ष विचार प्रवाह गर्नुपर्दछ। नेपालको पर्यटनको उत्थानमा हिमाली संस्कृति संरक्षण पेचिलो बन्दै गैरहेको छ। हिमाली गुम्बा सरंक्षण नभएर जीर्ण भैरहेका छन्।
५ सयदेखि ६ सय वर्ष भन्दा पुराना पुरातात्विक महत्वका ओलाङ्चङ्गोलादेखी हुम्लासम्मका गुम्बाको सरंक्षण अप्ठेरो बन्नुले हाम्रो संस्कृति पर्यटन अप्ठेरोमा पर्ने निश्चित छ। पर्यटनका क्षेत्रका चुनौतीहरू धेरै हुदाहुदैन पर्वतीय पर्यटनमा जथाभावी ट्रयाक निर्माणले अप्ठेरो भैरहेको छ। जियाे हर्जाज कमजोर भूधरातलको विषयमा हामी अध्ययन गरिरहेका छैनौं।
जलयात्रा पर्यटन पनि जोखिममा परेको छ, रिभर कन्जरभेसनमा कसैको ध्यान गएको देखिँदैन। सबै खोलाहरूमा बाँध बाँधेर भविष्यमा कुनै पनि नदीमा हामी र्याफ्टिङ गर्न सकिने छैनन्। हिऊँदमा नदी ठप्प हुने हाइड्रोपॉवर हैन पानी बग्ने दिनेगरि अनुमति हुनुपर्यो तर को सुन्छ मलाई थाह छैन। विना रूपका विकास कार्यक्रम; सिंहदरबार को एउटा परिधि छ। त्यहाँ बगैचा छ, रिसल्ला चल्छन् वा घोडा टहलिन्थे थकाई मार्थे। फूल फुल्थे फल फल्थे। आज कति धेरै भवन बने?
प्रहरी प्रधान कार्यालय, तालिम केन्द्र नागार्जुन शिवपुरी सारेर दैवीविपत्तिलाई चौर खाली गर्न सकिन्छ। २०७२ सालको भूकम्पमा युद्धभैरव, महाराजगंज प्रहरी तालीम केन्द्र वा जाउलाखेल तालीम केन्द्र घाईते र मृतकहरूले भरिएको देखेर चेतेनौ बिर्सियौ। यहाँ त पशुपति क्षेत्रमा नयाँ मन्दिर बनाउने प्रस्ताव राख्न सक्छन्।
सरकारी भवनमा कुनै एकरुपता छैन कला वा संस्कृति झल्कदैनन्। राष्ट्रपति निवास सित्तल जाँदा त्यस भित्र नयाँ भवनहरू बनेको देख्यौं त्यस्तैगरि सिंहदरबार भित्र पनि धेरै नयाँ कुनै रूपै नभएका भवनहरू देख्न सक्छौं यहाँ दैवीविपत्तिमा भाग्ने ठाऊँ सम्म खालि राखिएको छैन।
सिंहदरबारलाई छेक्ने गरि महान्यायधिबक्ता कार्यालय बनेको छ त्यो यति ठुलो जहाँ ५ मन्त्रालय अटाउन सक्छन्। सरकारी भवनहरू निर्माण गरेर पनि भ्रष्टाचार गर्न सकिन्छ भन्ने अभिप्राय देखिन्छ। के गरिएन, किन गरिएन, कहिले गर्ने?
२०४८ सालको नेपाली काग्रेसको सरकारले गरेको आर्थिक पुर्नसंरचनाले देश यहाँ सम्म आईपुगको हो। बिगत ३३ वर्षमा देशमा धेरै राजनैतीक परिर्वतन भयो, विज्ञान प्रविधिमा धेरै बिकास भएका छन, अर्थतन्त्रका आयामहरुमा परिवर्तन भएका छन्। हामिले भने हाम्रा नितिहरुमा खासै परिर्वन गरेनौ।
हामी प्रशासन सुधार काम गर्दैनौ यसकारण देश राष्ट बनेन! २०४८ सालमामा नै नेपाली कांग्रेसले नेतृत्व गरेको सरकाले उच्चस्तरीय प्रशासन सुधार आयोग बनायो। तर उक्त आयोगले देखएका सुझावहरु तत्कालिन प्रतिपक्ष नेकपा एमाले एवं कार्मचारीहरुको आन्दोलन लगाएतका कारणले त्यसको कार्यान्वयन हुन पाएन।
२०७५ सालमा नेकपाले नेतृत्व गरेको सरकारले प्रा. डा. डिल्ली राज खनालको अध्यक्षतामा गठन भएको सार्वजनीक खर्च पुनारावलोकन आयोगले गरेको अध्ययन प्रतिवेदनलाई सर्वजनीक गरियोस् न खै गरेको! राजश्वले सार्वजनीक खर्च धान्न समेत नपुगेको अवस्था आयोगले सुझाएका विषयहरु कार्यान्वयन गर्दा सरकार संचालनका अप्ठेरो परिस्थिति हट्नेछन् नि! यसकारण सरकारलाई म प्रश्न गर्न चाहन्छु, अनगुमन तथा मूल्यांकन विधे्क, २०७६ कुन अवस्थामा छ? माथिका यस्ता असमान व्यवहारबाट राज्यलाई कसरी निकास दिने? राज्य अल्छि छ!
हामीहरू पुराना पार्टीबाट गाली गर्दै नयाँ घर प्रवेश गर्छौं। यो देश राष्ट्र बनाउन अन्तरपार्टी सम्बन्ध सुमधुर हुनु पर्दछ। नयाँ पार्टीका नयाँ सुसंस्कृत नेताले नयाँ कामहरूको थालनी गर्ने जन अपेक्षा हुन्छन्। गाली गर्दै हिड्ने नयाँ नेता जी! योजना आयोगमा नियुक्ति लिने जागीर सक्किएपछि कुन सरकारी स्कूलमा पढायौ त भनेर जनताले प्रश्न गरिरहेको छ, पैसै चाहिन्छ नियुक्तिलाई भन्दै गर्दा योजना आयोग प्रवेश गर्दा कति रकम बुझायौ त भन्ने प्रश्न पनि उठेको हुन्छ नि!! यसकारण संयमताले राष्ट्रीय एकताले मात्र यो देश बनाउन सकिन्छ। अन्यथा यो देश कसरि अघि बढ्ला? हामी गम्भीर बन्नु पर्नेछ।
(सांसद बजगाईंले प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा राखेको मन्तव्यको सम्पादित अंश)