काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनमा १२ जना उम्मेदवार एसोसिएटतर्फ दुवै समूहमा समावेश भएका छन्। महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच पदाधिकारीबाहेक सदस्यमा साझा उम्मेदवार नबनाउने भद्र सहमति भए पनि त्यसको उलंघन भएको छ। १२ जनाको नाम दुवै समूहमा परेको पाइएको हाे।
खासगरी अञ्जन र उमेशलालको साझा उम्मेदवार भरत आचार्य र रामचन्द्रको टिमबाट उम्मेदवार बनेका ज्याेत्सना श्रेष्ठको टिममा १२ जना उम्मेदवारको नाम समावेश भएको हो।
भरतको टिमबाट अम्बिका न्यौपाने, अविनाश बोहोरा, गोपाल खनाल, डा. रामशरण थपलिया, देशबन्दु बस्नेत, प्रबलजंग पाण्डे, मनोज पौडेल, सुशील थापा, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ र हेमन्त गोल्छा छन्।
यस्तै ज्याेत्सनाको टिमबाट अम्बिका न्यौपाने, आनन्द बगरिया, ऋषि अग्रवाल, गोपाल खनाल, चिराग गोयल, डा. रामशरण थपलिया, मनोज पौडेल, रतनलाल केडिया, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ र हेमन्त गोल्छाको नाम छ।
एसोसिएटतर्फ एक उपाध्यक्ष र १८ सदस्य निर्वाचित हुनेछन्। अहिले मतदान भइरहेको छ। ताेकिएकाे समयभन्दा दुई घन्टा ढिला सुरू भएकाे हाे।