काठमाडौं। कोका–कोला मोमो उत्सवको आठौं संस्करण सम्पन्न भएको छ । ‘कोक प्लस मोमोको स्टोरिजः म्याजिकल मोमोरिज’ भन्ने ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मःम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौं, भक्तपुर र भरतपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएकोे थियो।
भक्तपुरमा ‘भक्तपुर कुकिङ’ कार्यक्रमको साथ समापन भएकोे कोक मोमोरी फेस्टमा थियो, जहाँ ४ हजार ४ सयभन्दा बढी उपभोक्ताले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङजस्ता लोकप्रियकलाकारहरुको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकैपटक तिनै सहरका उत्कृष्ट मोमोका स्वादहरु लिने अवसर पाएका थिए।
यससँगै कोक मोमोरी फेस्ट अब १८ हजार ५ सय प्लसभन्दा बढी उपभोक्तालाई इमर्सिभ कोक अनुभव प्रदान गरी समापन भएको छ ।
कोका–कोला मोमो उत्स वग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो। जसले नेपालीहरूको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ। फेब्रुअरी १५ मा सुरु भएको यस अभियानमार्फत कोका–कोलाले नेपालभरका १ हजारभन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको कम्पनीले जनाएको छ।
क्याम्पेनका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला मम उत्सव एउटा बर्सेनि आउने चाड जस्तै भइसकेको छ । अझ चिसो कोक र तातो मःमको कम्बो, यो स्वाद त सबै जनाको प्रिय नै छ । हामीलाई त पूरा विश्वास छ कि हाम्रो ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको सबैभन्दा राम्रो लोकल भर्सन नै कोका–कोला मःम उत्सव हो।’
यसपालि कोका–कोला मःम उत्सव काठमाडौँमा मात्र सीमित नभएर अन्य मुख्य सहरहरुसम्म पनि पुगेको कम्पनीले जनाएको छ ।
त्यस्तै बोतलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक दीपकनाथ सेन्थिले भने, ‘कोका–कोला मःम उत्सवको आठौँ संस्करण सँगै हामीले मोमोको यस्ता नोस्टाल्जिक मेमोरीहरु सेलेब्रेट गरेका छौं जुन हरेक नेपालीहरुको मनमा छ । त्यो मेमोरीलाई अझ ताजा बनाएको छ चिसो कोकले ।
मोमो प्लस कोकको स्टोरिज, म्याजिकल मोमोरिज, भन्ने जुन हाम्रो ट्यागलाइन छ, मलाई आशा छ कि हाम्रा नेपाली उपभोक्ताहरूले देशका विभिन्न भागहरूमा भएको कार्यक्रमहरूमा हाम्रा नेपाली उपभोक्ताहरुले यस कोका–कोला मःम उत्सवमा अझै नयाँँ-नयाँँ म्याजिकल मोमोरिजहरु बनाउनुसाथ साथै रोमाञ्चक संगीतमा रमाउनुभएको छ ।’
देशका मुख्य सहरहरुमा आयोजना भएको यस मोमोरी फेस्टमा आयोजना भएका सबै सहरहरुमा एकदमै उल्लेखनीय सहभागिता रहेकाे कम्पनीले जनाएकाे छ ।