काठमाडौं। नेपाल उद्योग वाणिज्य महासघंको ५७ औं साधारणसभामा प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग मन्त्रीले निजी क्षेत्रलाई फकाएका छन्।
मुलुकमा जारी अर्थतन्त्रको समस्या समधानका लागि निजी क्षेत्रको भूमिका अहम रहेको बताउँदै निजी क्षेत्रको समस्या समधानका लागि आफू तयार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भनाइ छ।
निजी क्षेत्रमैत्री नीति आउँदो बजेटमा समेट्ने गरी ल्याउने तयारी भइरहेको बताउँदै राजनीतिक उतारचढावको कारण अर्थतन्त्र संकटमा परिरहेकाले अब विस्तारै सुधार भइरहेको बताए। राष्ट्र बैंकसँग सरकारले पटक-पटक निजी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छलफल गरिररहेको उनको भनाइ छ।
अहिले बिस्तारै संकटबाट सहजतर्फ जाँदै गएको छ प्रधानमन्त्री दाहालले भने तैपनि खुसि भइहाल्ने स्थिति भने छैन। अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रसग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए। निजी क्षेत्रले व्यापारमा मात्र नभई नयाँ उद्योगमा लगानी विस्तार मा ध्यान दिनसमेत आग्रह गरे। केन्द्रीय बैंकको नीतिका कारण बजार सुस्ताएको बताउँदै सरकारले आवश्यक समन्वय गरिररहेको बताए।
निजी क्षेत्रसँग हातेमालो गर्नका लागि सरकारले जुनसुकै कदम चाल्न तयार रहेको बताउँदै लगानी विस्तारमा समेत अनुरोध गरे। जवसम्म लगानि बढ्दैन, तबसम्म रोजगारी नबढ्ने र राजश्वसमेत नबढ्दा बजेटको आकार बढाउन नसक्ने बताए। बजेट नबढ्दा पूर्वधारमा लगानी गर्न नसक्ने भएकाले निजी क्षेत्र मैत्री नीति नियम ल्याउन तयार रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरे।
उद्योगमन्त्री रमेश रिजालले निजी क्षेत्रको साथ र सहयोगले मात्र मुलुकको आर्थिकस्थिति सुधार हुन सक्ने भएकाले सरकारले आवश्यक सहकार्य गर्न तयार रहेको बताए। उनले बैंकको ब्याज नियन्त्रण गर्न उद्योग मन्त्री रिजालले गरेर प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रहसमेत गरेका छन्।