काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले ऋण नतिर्ने अभियान सुरु भएको बताएका छन्। कसैलाई अप्ठेरो पर्यो, ब्याज ज्यादा भयो, समय र सहुलियत चाहियो भने त्यसमा हेर्न सकिने तर ऋण नतिर्ने कुरा हुन नसक्ने अर्थमन्त्री महतले बताए।
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै अर्थमन्त्री महतले भूकम्पको बेला लिएको ऋणको किस्ता तिर्ने बेला आएकाले ऋण व्यवस्थापनमा सरकारलाई समस्या आउन लागेको बताएका छन्।
उनले अर्थतन्त्रलाई चलायमान बनाउने र अहिले देखिएको नकरात्मक सोचलाई हटाउने योजना सरकारको रहेको उनले बताएर्। अहिले माग छैन, अप्ठेर छ भन्ने मानसिकता अन्त्य गरेर काम गर्न सकिन्छ भन्ने अवस्थामा लागौं’ उनले भने।
निराशाको ट्रेण्डलाई हटाउने आम नागरिकलाई ध्यानमा राखेर नीति बनाउने अर्थमन्त्री महतले जानकारी दिए।
वाह्य अवस्था राम्रो हुँदै गएकाले चिन्ता लिनुपर्ने अवस्था नभएका उनको भनाई छ।
अल्पकालमा पुँजीगत खर्च गर्ने क्षमता घटेको छ, यसलाई बढाउने, अनावश्यक खर्चलाई निर्ममतापूर्वक कम गर्ने उनले बताए। सामाजिक सुरक्षाको कुरा पनि साधारण खर्चमा छ। सामाजिक सुरक्षाको खर्च घटाउन नसके पनि अन्य खर्चलाई कम गेरेर पुँजीगत खर्च बढाउने योजना रहेको अर्थमन्त्री महतले जानकारी दिए ।
उद्योगीको लगानीबाट अर्थतन्त्र चलायमान बनाउने हो। सरकारले सहजीकरण गरेर विश्वासको वातावरण बनाउने हो।निजी क्षेत्र र सरकारी क्षेत्रबाट व्यापक लगानी आवश्यक छ’ उनले भने ।