काठमाडौं। नेपालमा दुई पाङ्ग्रे सवारी उपलब्ध गराउँदै आएको लोकप्रिय ब्रान्ड सेगवेले नयाँ वर्ष योजना ल्याएको छ।
सेगवे नाइन वट इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता आइ हवले नगद छुटसहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो।
अफरअन्तर्गत अब सेगवेको नयाँ स्कुटरको खरिदमा ग्राहकले २० हजार रुपयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नछन्। त्यस्तै कम्पनीको नयाँ वर्ष अफरअनुसार ग्राहकले स्कुटर खरिदमा सेगवे ब्याग, स्कुटर कभर साथै १ वर्षको इन्स्योरेन्स निःशुल्क प्राप्त गर्न सक्नेछन्।
यो योजना सेगवेको काठमाडौं, ललितपुर, पोखरा तथा हेटौंडामा रहेको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ। कम्पनीले नयाँ वर्ष स्किमअन्तर्गत सेगवे ई १०० एलमा नगद २० हजार, ई ११० एलमा १५ हजार, ए १२५ र एन १०० मा नगद १० हजार रुपैयाँ छटको अफर दिएको जानकारी दिएको छ।
आइ हव प्रालिले नेपाली बजारमा सेगवेका ४ मोडलका स्कुटर विक्री वितरण गर्दै आएको छ भने बिक्री पछिको सेवा तथा पार्टस् उपलब्ध गराउँदै आएको छ। सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ। कम्पनीका उत्पादनहरू अमेरिकी, यूरोपियनका साथै ८० भन्दा धेरै देशहरूमा विक्री वितरण हुँदै आएको छ।
सन् २०२२ मा सेगवे नाइनवट नेपाली बजारमा भित्रिएको हो। यसलाई ‘बिजुली दाइ’का रूपमा परिचित लोकेश वलीले नेपाल भित्र्याएका हुन्। १ वर्षको समयमा सेगवेका स्कुटरहरू नेपाली सडकहरूमा बाक्लो उपस्थिति देख्न सकिन्छ।