काठमाडौं। नेपाली नयाँ वर्ष योजनाका लागि सानिमा बैंकले दराज नेपालसँग सहकार्य गरेको छ । २०७९ चैत २८ देखि २०८० वैशाख ७ गतेसम्म लागू हुने गरी सहकार्य गरेको हो ।
सहकार्यबमोजिम दराजको अनलाइन प्लेटर्फमबाट सानिमा बैंक डोमेस्टिक डेबिट/क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्न अनुसारको छुट पाउने व्यवस्था गरिएको छ ।
सानिमा डोमेस्टिक डेबिट कार्डबाट चैत २८ गतेदेखि २०८० वैशाख १ गतेसम्म सबै समानमा अधिकतम् ८ प्रतिशत वा ५ सय रुपैयाँसम्मको छुटको व्यवस्था गरिएको छ ।
सानिमा डोमेस्टिक क्रेडिट कार्डमार्फत चैत २८ गतेदेखि वैशाख १ गतेसम्म सबै समानमा अधिकतम् १० प्रतिशत वा ५ सय रुपैयाँसम्म छुट गरिएको छ । सानिमा डोमेस्टिक डेबिट÷क्रेडिट कार्डबाट २०८० वैशाख २ देखि ७ गतेसम्म विशेष वर्गका सामानहरू स्वस्थ्य, सौन्दर्य, फेसन, जीवनशैली, अडियो र पहिरनका खरिदमा २० प्रतिशत २ सय रुपैयाँसम्मको छुटको व्यवस्था गरिएको छ ।
दराज एपबाट भौचर संकलन गरी सीमित भौचर भएकोलाई पहिलो प्राथमिकतामा राखेर छुट प्रदान गरिनेछ । सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३० वटा कार्यालय तथा १ सय २३ वटा एटिएम सञ्चालनमा छन् ।
साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा पनि विशेष छुटको व्यवस्था गरेको छ ।