काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले एमडिएमएस लागू नगरेकै कारण माेबाइल चाेरी नराेकिएकाे दाबी गरेका छन्।
सोमबार नेपाल चेम्बर अर्फ कमर्सको ७२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले मेबाइल चाेरी नराेकिदा ३५ अर्ब राजस्व गुमेकाे बताएका हुन्।
उनले भने, ‘मोबाइल फोनमा सिस्टम लागू नगर्दा चोरी पैठारी बढेको छ भने राजस्व घटेको छ। राज्यको आयले साधारण खर्च धन्न नसक्नु दुर्भाग्य हो, यसबारे राजनीतिक नेतृत्व गम्भीर छ। यो समस्या समाधानका लागि हाम्रोतर्फ कुनै कसर बाँकी राखिँदैन।’
अर्थमन्त्री महतले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीलाई निर्देशन दिए।
‘म अर्थमन्त्रालयमा शोभा बढाउन आएको होइन, राजनीति नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिले अर्थतन्त्रमा देखिएको समाधान गरौं,’ उनले भने।
‘अहिले राजस्व घटेको छ। राजस्व घट्दा कर्मचारी दोषी छन् भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन। राजस्व घटनुको विभिन्न कारण छन्। हामी आफैं कति कारक छौं, त्यसको आत्ममूल्यांकन सबैले गर्नुपर्छ,’ मन्त्री डा. महतले भने, ‘पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन। भन्सार नाकाकै छेउछाउबाटै चुवाहट आएको छ, यो गम्भीर कुरा हो।’
भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको छ। विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कस्को कति योगदान छ भन्ने कुरा रिर्पोटले देखाएकाे उनकाे भनाइ छ। ‘भैरहवा भन्सारको सबैभन्दा धेरै ४४ प्रतिशत घटेको छ। त्यहाँको प्रमुखलाई भनिसकेको छु, उहाँ आउनुहुन्छ र गम्भीर छलफल गर्नुपर्ने आवश्यकता मैले देखेको छु,’ उनले भने।
महानिर्देशकलाई आग्रह गर्दै उनले उनले भने, ‘विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिर्पोट मलाई चाहियो । वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो? त्यसको ब्रेकडाउन मलाई चाहियो।’
मन्त्री डा. महतले त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार राजस्व धेरै घटेको बताए। त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ । वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ। यसलाई तपाईंहरुले गम्भीर रुपमा लिनु होला। मेरो लागि अरु कुनै मूल्यांकनको आधार छैन। कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनु होला,’ उनले भने ।
‘आयात निर्यातमा संलग्न व्यवसायीहरुलाई अनावश्यक शुल्क लिने भनेको होइन। जहाज कुरा तपाईंहरुलाई थाहा, बुझ्नु भएको छ, तर कार्यान्वयन भइरहेको छैन, त्यतातिर म तपाईंहरुको ध्यानाकार्षित गराउन चाहान्छु, मन्त्री डा. महतले भने, ‘तपाईंहरुमध्ये धेरैजसो मेहनत र इमान्दारसाथ काम गरिराख्नु भएको छ। यो कठघरामा उभ्याउन खोजेको होइन, राजनीतिक, प्रशासनिक अथवा जो जहाँ जसले जिम्मेवारी लिइराख्नु भएको छ।’
डा. महतले भने, ‘अरु धेरै कारणले राजस्व घटेको छ। राजस्व घट्नुमा सम्पूर्ण कर्मचारीको मात्र होइन। तर तपाईंहरुको हिस्सा कति छ त्यसको जिम्मेवारी कर्मचारीले लिनुपर्छ। प्रधानमन्त्री कार्यालयमै हामीले सुरक्षा निकायसँग बसेर बलियो निर्देशन त्यहाँ पनि दिइएको छ। सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा भन्सार चुहावट रोक्नुपर्छ। अरु कारणबाट भन्सार चुहावट भएको छ भने त्यसको जानकारी हामीले पाउनुपर्छ।’