काठमाडौं। नयाँ वर्ष २०८० लाई लक्षित गरी काठमाडौंको तिनकुनेमा सञ्चालित ब्यञ्जन हाउसले परिकारहरुमा १५ प्रतिशत छुट दिने घोषणा गरेको छ।
पारिवारीक वातावरणमा मल्टिकिचेनसहितको सूविधा दिँदै आएको ब्यञ्जन हाउसले हरेक परिकारमा नयाँ वर्षको अवसरमा १५ प्रतिशत छुट दिने घोषणा गरेको सञ्चालक लक्ष्मण खड्काले जानकारी दिए। यो छुट आउँदो बिहीबार र शुक्रबार पाउने जनाएको छ।
खानाको हिसाबले रेस्टुरेन्टले सबै उमेर समूहका लागि सबै किसिमको परिकार समावेश गरेको जानकारी दिँदै आकर्षक मेनुमा भट्टीमा बनाएको सेकुवा र ब्यञ्जन थकाली खाना रहेको छ।
रेस्टुरेन्टमा नेपाली रैथाने परिकार प्रवर्द्धन गर्ने उद्धेश्यले छुट्टै भान्सा कक्षसमेत बनाएको छ। हाल फास्टफुड, सेकुवालगायतका लागि छुट्टाछुट्टै भान्सा किचन बनाएर सेवा दिँदै आएको जनाएको छ।
रेस्टुरेन्टमा नेपालीसँगै चिनियाँ, इटालियन, बेकरीलगायत मल्टी कुजिन परिकारको सेवा रहेको महाप्रवन्धक दिपेन्द्र प्रधानङ्गले बताए। रेष्टुरेन्टमा न्युनतम दुई सय रुपैयाँ देखिको परिकार मेनु रहेको उनले जानकारी दिए।
रेष्टुरेन्टमा आउने ग्राहकहरुलाई लक्षित गरी कन्टिनेन्टल परिकारको पनि मेनु राखिएको सञ्चालक खड्काको भनाइ छ।
ब्यञ्जन हाउस भन्ने बित्तिकै परिकारहरुको थालिको रुपमा कल्पना गर्ने भएकाले सेवामा समेत त्यही किसिमको व्यवस्था गरिएको बताए। दोलखाको ट्राउट माछादेखि कालिज र बदेलको मासुसमेत त्यहाँ पाइन्छ।
लक्ष्मण खड्का सङ्गै सैलेन्द्र खड्का, निराजन कार्की र पुष्कर राज कार्कीको सम्युक्त लगानी रहेको रेस्टुरेन्ट ३ रोपनी क्षेत्रफलमा फैलिएको छ।
३५० जना क्षमताको रेस्टुरेन्टमा ५० जनाको सेमिनार हल, ५०० सय जना क्षमताको पार्टी इभेन्ट गर्न सकिन्छ। रेष्टुरेन्टमा एक साथ १० वटा गाडी र ३० वटा दुई पांग्रे सवारी पार्किङ गर्न समेत सकिन्छ।
पशुपतिनाथदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानसमेत नजिक पर्ने भएकाले सबैलाई पायक पर्ने ठाउँमा रेस्टुरेन्ट निर्माण गरिएको सञ्चालक खड्काको भनाइ छ।