ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यु–भृकुटीले विशेष प्याकेज ल्याएको छ।
‘न्यु-इयर, न्यु-हाइट, न्यू मेमोरिज विथ होटल भ्यु–भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका साथमा निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर सार्वजनिक गरेको छ। होटलले ल्याएको अफरअन्तर्गत लाइभ म्युजिकका साथमा फ्रि वेलकम ड्रिङ्क्स, लाइभ स्टेसन स्न्याक्स, लक्जरियस अकोमोडेसन, बफेट ब्रेकफास्ट र निःशुल्क फुल्चोकी ट्रिपसम्मको अफर रहेको छ।
नयाँ वर्षका लागि विशेष सांगीतिक कार्यक्रमका साथै आउने पाहुनाहरूका लागि होटलको सम्पूर्ण सुविधा विशेष तरिकाले व्यवस्थापन गरिएको होटलले जनाइएको छ। नयाँ वर्षको अवसरमा होटलमा लाइभ ब्यान्ड प्राकृतिक वातावरणमा रमाउनको लागि १३ हजार हजार रुपैयाँमा पर कपल, स्नयाक्स, डिनर, बस्नका लागि रूम र भोलिपल्टको ब्रेकफस्ट व्यवस्था गरिको होटलका प्रबन्ध निर्देशक समिर लामाले बताए।
सातदोबाटो चक्रपथबाट सात किलोमिटरको दूरीमा रहेको यो होटलमा ७० वटा कोठा, साउना, स्ट्रिम, स्वीमिङ पुल तथा मनोरन्जनको व्यवस्था मिलाइएको छ। यसका साथै होटलमा रोयल वोटानीकल गार्डेननजिकै अवस्थित रहेकोले थप आकर्षक बनाएको कार्यकारी निर्देशक सागर भुसालले बताए।
होटलले नेपाली संस्कार र परम्परा अनुसार सेवा सुविधाहरू प्रदान गर्दै आएको छ। होटलले आफ्ना पाहुनाहरूलाई बाेटानिकल गार्डेन लगेर विभिन्न जातका चराचुरुङ्गी र पुतलीहरूलाई नियाल्ने अवसर प्रदान गर्छ। यसका साथै होटलबाट तीन किलोमिटरको दूरीमा रहेको शान्ति जंगलमा सफारी गर्ने अवसर पनि प्रदान गर्छ ।
त्यस्तै फुलचोकी डाँडा पनि होटलबाट नजिकै भएकाले होटलमा आएका पाहुनालाई त्यहाँ पैदल यात्रा (हाइकिङ), वाइकिङ, प्याराग्लाइडिङको पनि सुविधा प्रदान गर्ने वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामा बताए।
त्यसैगरी होटलमा साउना, ज्याकुजी, जीम, स्वीमिङ पुलको सेवा पनि रहेको छ। होटलमा आउने पाहुनाहरूले निःशुल्क पौडीको आनन्द लिन पाउँछन् भने साउना, ज्याकुजी र जिमका लागि थप शुल्क तिर्नुपर्छ ।
होटलमा चौबिसै घण्टा सबै प्रकारका खानाहरू उपलब्ध हुन्छ। आइरन टेरेस्ट रेस्टुरेन्ट होटलको रुफ टपमा अवस्थित छ, जहाँबाट पाटन र काठ्माडौं उपत्यकाको हरियो डाँडा हिमालहरूको अवलोकन गर्दै मिठो खानाको परिकारमा रम्न सकिन्छ। यो रेस्टुरेन्ट बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म खुल्छ।
रेड ड्रप र छुपा रेस्टुरेन्टमा ब्रेकफास्ट, लञ्च र डिनरको राम्रो व्यवस्था छ । बिहान ६ वजेदेखि बेलुका ९ बजेसम्म यी रेस्टुरेन्ट खुला हुन्छ। छुपा रेस्टुरेन्टमा १५० जना अट्ने क्षमता रहेको छ भने रेड ड्रपमा १०० जना अट्ने क्षमता छ। त्यसैगरी ब्ल्याक र ह्वाईट वारहरूमा बहुराष्ट्रिय ब्रान्डका पेय पदार्थहरू ककटेल र मकटेलका साथमा स्न्याक्सका साथ खाने व्यवस्था रहेको होटलका वरिष्ठ कार्यकारी सेफ रेशमकुमार लामाले बताए।