काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले वस्तुगततर्फको उपाध्यक्षमा सकुन्तलाल हिराचन नै भएको स्पष्ट पारेका छन्।
महासंघमा सर्वसम्मतिको बाटो बन्द भएको र आफूहरु निर्वाचनमा जानका लागि पूर्णरूपमा तयार भइरहेको अवस्थामा वस्तुगततर्फको उपाध्यक्षमा विकल्प हुन नसक्ने बताउँदै हिराचन नै आधिकारिक उम्मेदवार रहेको उनले बताए।
साझा उम्मेदवार बनाउने समय घर्किएको भन्दै संघईले वस्तुगतमा हिराचन बाहेक अन्य उम्मेदवार बन्न नसक्ने बताए। बिहीबार क्यापिटल नेपालले हेमराज ढकाललाई वस्तुगतमा साझा उम्मेदवार बनाएर चण्डिराज ढकाल फकाउने रणनीतिमा रामचन्द्र शिर्षकमा समाचार प्रकाशन गरेको थियो।
सोही समचारको खण्डन गर्दै संघईले आफ्नो टिम बनाएर निर्वाचन प्रचारमा अघि बढिसकेकोले अब सहमतिको ढोका बन्द भएकोसमेत प्रतिक्रिया दिए।
आफ्नो साथ र सहयोग हिराचनलाई रहने भन्दै कुनै द्धिविधामा नपर्न मतदाताहरुलाई उनले अनुरोध गरेका छन्।
यता वस्तुगततर्फ उपाध्यक्षका प्रत्यासी हिराचनले आफ्नो साथ संघईलाई नै रहेको र आफु उनैको टिमको रहेको बताएका छन्।
‘म सुुुरुदेखिनै संघईको टिमको हो,’हिराचनले क्यापिटलसँग भने, ‘समचारको खण्डन गर्नु छैन,तर म संघई टिमको उपाध्यक्षको उम्मेदवार हु र उम्मेदवार छु।’
संघईले पनि आफ्नो टिम निर्वाचनमा अगाडी बढिसकेको अवस्थामा कुनै पक्षसँग सहमति गरेर उम्मेदवारी फिर्ता नगर्नेसमेत बताएका छन्। उनको टिमबाट जिल्लानगरमा सुरकृष्ण वैद्य र एशोसिएटमा ज्वोत्स्ना श्रेष्ठ उम्मेदवार छन्।