एजेन्सी। विश्वबजारमा फूल (पुष्प) व्यापार बढेर ११ अर्ब अमेरिकी डलरबराबर पुगेको छ। सन् २०१७ देखि हालसम्म पुष्प बजार ३० प्रतिशतसम्म बढेको हो।
संसारमै सबैभन्दा बढी फूल व्यापार गर्नेमा युरोपको नेदरल्यान्ड अग्रस्थानमा छ। नेदरल्याण्डले एक वर्षमा ५ अर्ब ७० करोड डलरको फूल निर्यात गरेको छ। यो हिस्सा कूल फूल निर्यात व्यापारको आधा हो।
यस्तै दोस्रो स्थानमा दक्षिण अमेरिकी देश कोलम्बिया छ। कोलम्बियाले १ अर्ब ७० करोड डलरको फूल निर्यात गरेको छ। इक्वेडरले ९२ करोड ७० लाख, अफ्रिकाको केन्याले ७२ करोड ५५ लाख, इथियोपियाको २५ करोड ४० लाख र बेल्जियमले १५ करोड डलरको फूल व्यापार गरेका छन्।
यसैगरी इटालीले १४ करोड, चीन १२ करोड ४६ लाख, मलेसिया ९ करोड, क्यानडा ८ करोड २० लाख, इजरायल ७ करोड ७५ लाख, दक्षिण अफ्रिका ७ करोड, स्पेन ६ करोड ४६ लाख, जर्मनी ६ करोड ५८ लाख, टर्की ५ करोड ९४ लाख डलरको फूल बेचेका छन्। १५ देशले ७३ करोड ५२ लाख रुपैयाँको फूलको व्यापार गरेका छन्।
बधाइ दिँदा, बिरामी आफन्त भेट्न वा साझेदार र साथीलाई माया र दया देखाउँदा फूलका गुच्छा उपहार दिने गरिन्छ। विश्वव्यापी लोकप्रियताले गत वर्ष थप १ अर्ब डलरको पुष्प (बुके) बजार सिर्जना गरेको छ। सुन्दर बुकेको माग पनि बढ्दै गएको छ।
यो प्रभूत्व शताब्दीयौंदेखि विश्वको सबैभन्दा ठूलो पुष्प उत्पादक भएको र यसको फाइदाजनक स्थान र अन्य उत्पादक, आपूर्तिकर्ता र थोक विक्रेतासँगको सम्बन्धका कारण नेदरल्यान्ड फूल व्यापार केन्द्र भएको छ।
गुलाब, कार्नेसन र क्रिसेन्थेम फूल दक्षिण अमेरिकी राष्ट्रबाट ठूलो मात्रामा निर्यात गरिन्छ। एटलान्टिकको छेउमा रहेका केन्या र इथियोपियाका लागि ‘कट गुलाफ’ निर्यात हुने गरेको छ।
कोभिड–१९ महामारीबाट उत्पन्न चुनौतीबीच बुके निर्यात उद्योग लचिलो रह्यो। तर, यो सहज उपलब्धी भने थिएन।
धेरै पुष्प व्यवसायीले नयाँ रणनीति जस्तै अनलाइन बिक्री र निःशुल्क होमडेलिभरी अँगालेका छन्। जब महामारी हट्छ र विश्वव्यापी व्यापार सहज हुन्छ, तब पुष्य उद्योग अझै फस्टाउने आशा गर्न सकिन्छ।
(भिजुअल क्यापिटलिस्टको सहयोगमा)