काठमाडौं। अहिले स्मार्टफोनहरूमा डिजाइन, डिस्प्ले, इमेजिङ प्रणाली जस्ता विभिन्न विशेषताहरू छन्। तर, फोनले यी सबै सुविधालाई समर्थन गर्न यसको प्रशोधन शक्ति, गतिशील र्याम, र बलियो ब्याट्रीमा भर गर्छ।
स्मार्टफोनको बढ्दो प्रयोगको युगमा बलियो प्रशोधन प्रणालीको आवश्यकता हाम्रो दैनिक जीवनमा महत्पूर्ण भएकाे छ। भिभो, एक अग्रणी स्मार्टफोन ब्रान्डले नेपालमा प्रयोगकर्ताहरू र समीक्षकबाट वाई सिरिजका स्मार्टफोनहरूको क्षमताको राम्रो प्रशंसा गरेकाे पाइन्छ। वाइ सेरिजका केही उत्कृष्ट स्मार्टफोनहरू :
वाई १५सी
वाई १५सी मा ५ हजार एमएएचको शक्तिशाली ब्याट्री छ जसले दैनिक प्रयोगको लागि पर्याप्त ब्याट्री जीवन प्रदान गर्छ। एक फुल चार्जले वाई १५सी मा १७ घण्टाभन्दा बढी एचडी चलचित्र हेर्न वा ८ घन्टाभन्दा बढी नन–स्टप गेमिङलाई समर्थन गर्न सक्छ।
रिभर्स चार्जिङ समर्थन गर्ने भएकाले यसलाई पावर बैंक जसरी अन्य उपकरणहरू चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ। फोनमा ३ जिबी र्याम र ३२ जिबी स्टोरेज छ। यसबाहेक, फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेरा छ। यो स्मार्टफोन हाल देशभर १४ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध छ।
वाई १५एस
यो स्मार्टफोनमा शक्तिशाली तथा लामो समयसम्म चल्ने ५ हजार एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी रहेको छ। प्रयोगकर्तालाई पर्याप्त स्टोरेज सुनिश्चित गर्न यसमा ३ जिबी र्याम र ६४ जिबी रोम छ।
यसमा मल्टि–टर्बो ३.० प्रविधि छ जसले राम्रो नेटवर्क कार्यसम्पादन, द्रुत शीतलता, द्रुत कार्य, र एपहरूबीच सिमलेस अनुभव प्रदान गर्छ। फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा छ जसबाट प्रयोगकर्ताहरूले आकर्षक सेल्फीहरू लिन सक्छन्। यो उत्कृष्ट उपकरण मिस्टिक ब्लू र वेभ ग्रीन रंगहरूमा उपलब्ध छन्। यहीँ अप्रिल महिनाबाट यो स्मार्टफोन नयाँ मूल्य १७ हजार ९ सय ९९ मा उपलब्ध छ।
वाई २०एस
वाई २०एसले उत्कृष्ट प्रदर्शन र गेमिङ अनुभव प्रदान गर्छ। यसको ५ हजार एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङको साहयताले प्रयोगकर्ताहरू ब्याट्रीको चिन्ताबाट मुक्त हुन सक्छन् किनभने यसको फ्ल्यास चार्ज टेक्नोलोजीले मात्र ६९ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्छ।
यसमा क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, ४जीवी र्याम र १२८ जिबी स्टोरेज रहेको छ जसलाई २५६जिबीसम्म विस्तार गर्न सकिन्छ। गेमिङ अनुभवलाई फोनको अल्ट्रा गेम मोडले थप परिष्कृत गरेको छ, जसलाई इस्पोर्ट्स मोड र पप–अप विन्डो अप्टिमाइजेसनसँग बढाइएको छ। यो स्मार्टफोन अप्रिल महिनादेखि २३ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध छ।
दैनिक आवश्यकताहरू छिटो, निरन्तर, र शक्तिशाली रूपमा पूरा गर्न सक्ने स्मार्टफोनमा लगानी गर्नु सधैं लाभदायक हुन्छ। भिभो आफ्नो क्यामेरा र डिजाइन नवाचारका लागि प्रख्यात भए तापनि वाई सिरिज यसको कार्य क्षमताको सन्दर्भमा पनि उत्तिकै विश्वाशिलो छ ।