काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघमा क्रियाशील भएर लागेको १५ वर्षभन्दा बढी भइसकेको छ। मकवानपुर उद्योग वाणिज्य संघ हुँदै सुरज वैद्य महासंघ अध्यक्ष हुँदा म केन्द्रसँग आबद्ध भएको हुँ। त्यो कार्यकालमा संघीय सरकार बनिनसकेको र हामी क्षेत्रीय सरकारमा थियौं। अर्थात, म त्यो बेला मध्यमाञ्चल उद्योग वाणिज्य सघंको अध्यक्ष थिएँ।
त्यो कार्यकाल मेरा लागि सिकाइको ठूलो पाठशाला बन्यो। त्यो कार्यकाल सकिएपछि संघीय सरकार आयो र म बागमती प्रदेशको अन्तरिमकालको सभापती भएँ। अन्तरिमकालको सभापति भइरहँदा मैले नजिकबाट महासंघलाई बुझ्ने मौका पाएँ। महासंघको पृष्ठभूमिमा ५० प्रतिशत मतभार रहेको जिल्लानगरको हो। ५० प्रतिशत मतभारको प्रतिनिधित्व गर्ने जिल्लानगरका उपाध्यक्षहरूले महासंघ नेतृत्व गरेको पाइँदैन। महासंघमा राखिएको पूर्वअध्यक्षहरूको फोटो र मबीचमा ठूलो संवाद भयो। संवाद खोज्दैखोज्दै म पूरै देशको ७७ जिल्ला र नगर उद्योग वाणिज्य सघंमा घुम्दै हिँडे।
जिल्ला र नगर घुमेपछि केन्द्रमा नेतृत्व गर्न किन चुक्दो रहेछ भन्ने अध्ययन गर्दै जाँदा जब महासंघको निर्वाचन आउँछ, त्यो बेला काठमाडौंमा नेतृत्वका लागि विभिन्न ‘भेन्टिलेसन’ बाट पात्रहरू तयार भएको हुँदारहेछन्। निर्वाचनका बेला केन्द्रबाट जिल्लामा चुनाव प्रचारका लागि जन्ती गए जसरी जाने, जिल्ला अध्यक्षहरूलाई गुमराहमा राखेर विभिन्न समूहमा विभाजित गराइदिने गर्दा महासंघको वास्तविक विधानअनुसार काम नगर्ने प्रवृत्ति मौलाउँदै गएको पाइन्छ।
यसबीचमा केही जिल्लानगरबाट उठेका व्यक्ति महासंघ नेतृत्वको नजिकनजिक नपुगेका भने होइनन्। जिल्लानगर हाँकेका व्यक्ति महासंघ केन्द्रमा पुगेर काम गर्छ भने हाम्रो अस्तित्व के रहन्छ भन्ने चिन्ता गर्ने र ‘सिन्डिकेट’ मा रमाउनेहरू धेरै रहेको पाइयो। अलिखित तरिकाले जिल्लानगरबाट आएकालाई नेतृत्वमा पठाउँदा हाम्रो सिन्डिकेट तोडिन्छ भन्ने मानसिकतामा रहेर काम गरेका समुदाय धेरै छन्। जुन अहिले पनि सक्रिय भइरहेका छन्।
सरकारले कानुनको किताबमा निजी क्षेत्रसँग समन्वय गरेर काम गर्नु भनेर बजेट आउने गरेको थियो। त्यो चिजको हाम्रो आजको दिनको पहिलो अजेन्डा के हो भने महासंघमा जिल्लानगरबाट गएको मान्छेले प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुराको बिजारोपण गर्नुपर्यो। बिरुवा रोपेर फल उत्पादन गर्नुपर्यो भन्ने मेरो मान्यता हो।
जिल्लाबाट उठेका व्यक्तिमध्ये भक्तपुरका पूर्वअध्यक्ष कृष्ण ताम्राकार जो जिल्लानगरको उपाध्यक्षसमेत हुनुभयो। उहासँग महासंघ हाँक्ने क्षमता हुँदाहुँदै किन बाहिरिनुभयो यसको जवाफ कसले दिने? त्यस्तै म्याग्दीका प्रमोद श्रेष्ठलाई निर्वाचनमा सहभागी भएको भन्दै जिल्लानगर उपाध्यक्षबाट हटाइयो। स्थानीय तहको निर्वाचनमा हारेका व्यक्तिलाई पनि महासंघभित्र कोट्याइ–कोट्याइ श्रेष्ठलाई हटाइ छाडे।
महासंघमा जिल्लानगरबाट नेतृत्व गरेर आएका धारिलो व्यक्तिहरू अट्नुहुँदैन भन्ने खालको मनसायले केही व्यक्तिले काम गरिरहेको देखिन्छ। त्यसैले मेरो अजेन्डा के हो भने जिल्लानगरमा हामीले हिजो स्थानीय सरकार नभएका बेला १९/२० वर्ष सरकारसँगको साझेदारीमा जिल्लानगरको पृष्ठभूमिमा रहेर कहीँ मेयरको भूमिका त कहीँ सांसदको भूमिका निर्वाह गरी विकासको कुनै पनि योजनामा हामी साक्षी किनारामा बस्यौं।
र, सरकारले कानुनको किताबमा निजी क्षेत्रसँग समन्वय गरेर काम गर्नु भनेर बजेट आउने गरेको थियो। त्यो चिजको हाम्रो आजको दिनको पहिलो अजेन्डा के हो भने महासंघमा जिल्लानगरबाट गएको मान्छेले प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुराको बिजारोपण गर्नुपर्यो।
प्रोटोकल क्लियर नहुँदा जिल्लानगरका साथीहरूलाई कहिलेकाहीँ वडाध्यक्षभन्दा पछाडि राख्ने गरिएको छ। सामाजिकरूपमा काम गर्दा महासंघ सबैभन्दा अगाडि हुने तर प्रोटोकलमा पछाडि पार्नु दुर्भाग्य हो। राज्यका लागि यति धेरै योगदान गर्ने भएपछि विदेशजस्तै यहाँ पनि हाम्रो प्रोटोकल चाहियो भन्ने अजेन्डा हो र म निर्वाचित भएपछि यसलाई स्थापित गराएर छाड्छु।
बिरुवा रोपेर फल उत्पादन गर्नुपर्यो भन्ने मेरो मान्यता हो। अर्को, दोस्रो अजेन्डा भनेको त्यो बेलामा १९/२० वर्षसम्म राज्यको सहयात्रामा काम गरेको इतिहास सबैलाई थाहा छ। त्यो बेलाको ‘प्रोटोकल’ कहाँ थियो र अहिलेको अवस्था के हो भन्ने टुंगो छैन। वडाध्यक्षभन्दा हाम्रो स्थान पछि हो या संसदभन्दा माथि हो भन्ने यकिन गर्ने वातावरण बनाउन आवश्यक छ।
भूकम्प, आगलागी वा कोभिडसहित जस्तोसुकै प्राकृतिक विपत्तिमा सबैभन्दा पहिलो राहतका सामान लिएर सडकमा उत्रिने भनेकै महासंघ हो। महासंघ रोजगारदाता, करदाता पनि हामी नै हुँदाहुँदै हाम्रो वरीयता (प्रोटोकल) कहाँ हो? प्रोटोकल क्लियर नहुँदा जिल्लानगरका साथीहरूलाई कहिलेकाहीँ वडाध्यक्षभन्दा पछाडि राख्ने गरिएको छ। सामाजिकरूपमा काम गर्दा महासंघ सबैभन्दा अगाडि हुने तर प्रोटोकलमा पछाडि पार्नु दुर्भाग्य हो। राज्यका लागि यति धेरै योगदान गर्ने भएपछि विदेशजस्तै यहाँ पनि हाम्रो प्रोटोकल चाहियो भन्ने अजेन्डा हो र म निर्वाचित भएपछि यसलाई स्थापित गराएर छाड्छु।
सरकारले विभिन्न प्रवद्र्धनका नाममा करोडौं/करोडौं रकम विभिन्न शीर्षकमा विभिन्न एजेन्सीले खर्च गरिरहेका छन्। कृषि, घरेलु उत्पादन, साना मझौला उत्पादन र पर्यटन वा पर्यटकीय मार्ग, वन्यजन्तु संरक्षण र पर्यावरणका नाममा सरकारले वर्षेनी करोडौं खर्च गर्छन्।
त्यसका लागि सबैभन्दा नजिकको साझेदारी हुनुपर्ने निकाय भनेको महासंघभित्र रहेको जिल्लानगर नै हो। तर, हामी सरकारसँग यस्ता काममा जोडिन सकेका छैनौं। किनकि, महासंघ नेतृत्वमा रहेकाहरूले जिल्लानगरलाई जोडाइदिन नै चाहेनन्। अब, हाम्रो नेतृत्व आएपछि सरकारसँग यी विषयमा तत्कालै छलफल गरेर महासंघमातहत राखेर काम अगाडि बढाउँछौं।
बिरुवा रोपेर फल उत्पादन गर्नुपर्यो भन्ने मेरो मान्यता हो। अर्को, दोस्रो अजेन्डा भनेको त्यो बेलामा १९/२० वर्षसम्म राज्यको सहयात्रामा काम गरेको इतिहास सबैलाई थाहा छ। त्यो बेलाको ‘प्रोटोकल’ कहाँ थियो र अहिलेको अवस्था के हो भन्ने टुंगो छैन। वडाध्यक्षभन्दा हाम्रो स्थान पछि हो या संसदभन्दा माथि हो भन्ने यकिन गर्ने वातावरण बनाउन आवश्यक छ।
पर्यटन महोत्सव, साहसिक पर्यटन पहिचान, लगानी सम्मेलनदेखि कृषि पर्यटनसम्मका कुरा जोडेर महासंघलाई संघीयतापछिको सबैभन्दा ठूलो सञ्जाल रहेकाले सधैं सरकारसँग साझेदारी गर्नुपर्छ। अहिले स्थानीय सरकार बलियो छ र प्रदेश सरकारसँग ‘बिजनेस’ छैन।
महासंघले प्रदेश सरकारसँग बसेर त्यो बिजनेसलाई कसरी ‘टाइअप’ हुनसक्छ भन्ने पनि अजेडाभित्र पारिएको छ। आउने दिनमा प्रदेश सरकारले महासघंलाई खुलारूपमा ती विषयमा सहकार्य गरेर जानसक्छ। किनकि, हामीजस्तो साझेदार भयो भने स्थानीय सरकार हुँदाहुँदै अन्त जान सक्ने ठाउँ नभएकाले प्रदेश सरकारका लागि राम्रो हुनसक्छ भन्ने अजेन्डामा काम गर्ने छौं।
जिल्लानगरमा आजको दिनमा आर्थिक स्थिति कसरी मजबुत बनाउने भन्नेतर्फ पनि ध्यान दिने बेला भएको छ। आर्थिक तरलता, बैंकको चर्को ब्याज, मिटर ब्याजीको नियन्त्रणमा सरकारसँग हामीले अबका दिनमा साना, मझौला र ठूला उद्योगी–व्यवसायीको वर्गीकरण अलग–अलग तरिकाले गरेर जिल्लानगरसँग कसरी समन्वय गरेर काम गर्न सकिन्छ भन्ने आवाज दिएर विभिन्न निकायमा गएर काम गर्ने उद्देश्य लिएको छु।
(सुमार्गी वरिष्ठ उपाध्यक्षका प्रत्यासी अञ्जन श्रेष्ठको टिमका जिल्लानगर उपाध्यक्षका उम्मेदवार हुन्।)