काठमाडौं । प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लागेको पाँचतारे सिटी होटल लिमिटेडले १९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ।
कुल सञ्चालन आम्दानीमध्ये होटलले कोठमा बिक्रीबाट ४० प्रतिशत र खाद्य तथा अन्य सेवाबाट ५६ प्रतिशत आम्दानी सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीको मार्जिन १६ प्रतिशत रहेको छ।
गोल्यान ग्रुपको लगानी रहेको सिटी होटल लिमिटेड २०७८ कात्तिक २७ गतेदेखि सञ्चालनमा आएको हो। होटल ह्यात पेलेस ब्राण्डमा सञ्चालन भइरहेको छ।
होटल सञ्चालनको जिम्मा ह्यात इन्टरनेसनले साउथ वेस्ट एसिया लिमिटेड रहेको छ। साढे १० रोपनी क्षेत्रफलमा निर्माण भएको सो होटल १४ तलाको रहेको छ ।
१५३ वटा कोठा रहेको सो होटलको लागत सुरुमा ३ अर्ब १४ करोड रुपैयाँ अनुमान गरिए पनि निर्माण अवधि लम्बिएसँगै लगानी पनि बढेको बताइएको छ ।
होटलले ३ अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। कम्पनीले १७ करोड ७४ लाख रुपैयाँ आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको छ।
‘लक्जरी तथा बिजनेस क्याटेगोरी’ सबैलाई मिल्ने गरी कोठाहरूको इन्टेरियर डिजाइन भएको छ । होटलमा पार्किङ सुविधाका लागि दुई तलाको बेसमेन्ट निर्माण गरिएको छ ।
होटलमा स्वीमिङपुल, स्पा, जिम, ब्यांकेट हल, मिटिङरुमहरु छन । सिटीको स्थापना २००७ मा भएको हो।