बीबीसी। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
सन् २०१६ को उक्त घटनामा मङ्गलवार उनीविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको छ। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् ।
यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।
ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।
न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध र्याली निकाल्ने कोसिस गरेका थिए ।
ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ ।
ट्रम्पले स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएकोबारे झुटो विवरण उल्लेख गरेको भन्दै लगाइएका विभिन्न अभियोगहरूमा आफू दोषी नरहेको दाबी न्यूयोर्कस्थित एउटा अदालतमा गरेका छन्।
उनले मङ्गलवार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए। दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए। कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए। उनको गाडी केही मिनेटमै अदालत पुग्यो।
ूनिकै अवास्तविक लाग्छ ( वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्, ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा लेखे।
अदालतमा प्रवेश गर्दा उनी शान्त र गम्भीर मुद्रामा थिए। बेलाबेलामा उनले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाएका थिए।
अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो।
पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन।
अदालतभित्र उनी आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसे। त्यसपछि उनले आफ्नो दलिल पेस गरे।
झन्डै एक घण्टाको सुनुवाइपछि ट्रम्प स्थानीय समयानुसार दिउँसो ३३० बजेपछि अदालतबाट बाहिरिए।