काठमाडौं। आइकेबिएच ग्रुपले बेलाकोका विभिन्न एयर कन्डिसनर, घर तथा भान्छामा प्रयोग हुने उपकरण र विद्युतीय सामग्रीको बिक्री सुरु गरेको छ।
आफ्नो व्यावसायिक क्षेत्रलाई विस्तार गर्दै उपभोक्ताको रोजाइका सामग्री उपलब्ध गराउन आइकेबिएच ग्रुपले बेलायती कम्पनी बेलाकोका तीन दर्जनभन्दा बढी सामग्रीहरुको बिक्री सुरु गरेको हो। जसमा बेलाको रेफ्रिजरेटर, वासिङ मेसिन, टिभी, विद्युतीय किट्ली, अटोमेटिक ग्यास चुलो, हिटर, विभिन्न किसिमका राइस कुकर, स्यान्डविच मेकर, आइरन, स्ट्रिस जुसर र मल्टीफंक्सन ब्लेंडर जस्ता उपकरणहरु छन्।
आइकेबिएच ग्रुपले विक्रीमा राखेको २५८एल क्षमताको ‘बेलाको डबल डोर रेफ्रिजरेटर’को फ्रिजर क्षमता ६५एल र रेफ्रिजरेटर क्षमता १९३ एल छ। आकर्षक र सुन्दर डिजाइनमा रहेको यस रेफ्रिजरेटरले निकै कम विद्युत् खपत गर्छ।
यसको साथमा ग्रुपले ‘बेलाको अटोमोटिक फ्रन्ट लोडिङ वासिङ मेसिन’ पनि बिक्रीमा राखेको छ। फ्रन्ट लोडर यो वासिङ मेसिनको स्पिन क्यापासिटी र वासिङ क्यापासिटी ८केजी छ। क्विक वास, सुपर वास, ओभर हिटिङ कन्ट्रोल, ओभरफ्लो कन्ट्रोल, फल्ट चेक डिस्प्ले, प्रोग्रेस इन्डिकेटर, चाइल्ड लक डिस्प्ले, अटो स्टार्ट र एन्टी ट्विस्टिङ जस्ता आकर्षक विशेषता यसमा छन्।
त्यस्तै यस ग्रुपले ‘बेलाको स्मार्ट एलइडी टिभी’ पनि बिक्रीमा राखेको छ। ३२ इन्चको यस टिभी नयाँ र आकर्षक डिजाइनमा उपलब्ध छ।
यसले एसडिटिभी र एचडिटिभी दुवैका सामग्रीलाई सपोर्ट गर्न सक्ने क्षमता छ। आइकेबिएच ग्रुपले ‘बेलाको ट्विन ट्युब वासिङ मेसिन ७केजी’, बेलाको चेस्ट रेफ्रिजरेटर २९०एल’ र १.७एल क्षमताको बेलाको विद्युतीय किट्लीको साथमा अन्य धेरै किसिमका उपकरणहरु बिक्रीमा राखेको छ।
साथै यी सबै उपकरणको खरिदमा हाल २२ प्रतिशत छुटको योजना रहेको समेत कम्पनीका सिइओ अब्दुल बासिदले जानकारी दिए। आइकेबिएच ग्रुप कतारमा आधारित कम्पनी हो। यसले इभापोरेटिभ एयर कूलर, मिस्ट फ्यान, इन्डस्ट्रियल फ्यान, भेन्टिलेसन फ्यान, घरेलु उपकरण, किचन एप्लायन्सेस, हिटर, एयर कन्डिसन, इत्यादि उत्पादनहरू उपलब्धता गराउँदै आएको छ। हाल यसले नेपालमा यी उकपकरणहरुको डेलिभरी गर्ने, मर्मत गर्ने लगायतका काम गर्दैै आएको छ।