काठमाडौं। माउन्टेन डिउले अनुप विक्रम शाहीको साथमा 'डरको अगाडि जित छ' भन्ने मन्त्रलाई दोहोर्याएको छ। माउन्टेन डिउले ब्रान्ड सद्भावनादूत अनुप विक्रम शाही अभिनित आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको हो।
नेपाली युवाहरूलाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसिमार्फत उनीहरूभित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता थप्दै माउन्टेन डिउले अनुप विक्रम शाही अभिनित प्रचारलाई निरन्तरता दिएको हो। जिन्दगीभन्दा–ठूलो, अत्यन्त जोखिमयुक्त स्टन्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्रान्डको विद्यमान ‘डरको अगाडि जित छ’ भन्ने मूल मन्त्रलाई नेपाली उपभोक्ताहरूमाझ अझ व्यापक बनाउने विश्वास लिएको छ।
अत्यन्त जोखिमले भरिएको फिल्म अनुपले एउटा कार्गो प्लेनमा एकदमै उच्च स्थानबाट यसभन्दा अघि कहिल्यै नगरेको बिना सहायता हामफाल्ने स्टण्ट गर्न लागेकोबाट सुरु हुन्छ, जुन स्टन्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ। जब उसको समूहले स्टन्टको जोखिम स्थानमा औल्याउँदछ तब हामीले अनूपले आफ्नो अगाडि आएको छनौटको मूल्यांकन गरेर चिन्ता लिएको देख्छौं।
त्यस्तैमा उसले माउन्टेन ड्युको एक चुस्की पिएपश्चात् उसको मुहारमा आएको दृढता देखिन्छ र उसले चुनौतीको सामना निर्धक्कपूर्वक गर्दछ अनि सबैका सामु ऊ विजेता बनेर उभिन्छ। फिल्ममा माउन्टेन डिउको विश्वासलाई दर्शाइएको छ, जसअनुसार अगाडि आइपरेको चुनौतीहरू सामना गर्नुपर्दा त्यहाँ २ रोजाइ हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने– यही नै त्यो रोजाई हो जसले वास्तविक हिरोहरूलाई बाँकी अरूभन्दा भिन्न राख्दछ।
प्रचार अभियानको बारेमा जानकारी दिँदै पेप्सीको, नेपालका वरिष्ठ मार्केटिङ डाइरेक्टर अनुज गोयलले भने, ‘डरको अगाडि जित छ भन्ने आदर्श वाक्यका साथ माउन्टेन डिउले सधैं नै जोखिम मोल्नेहरूलाई सलाम गर्दै आएको छ र ग्राहकहरूलाई उनीहरूको डरसँग जुधेर, कठिनाइहरूको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको छ। यो हाम्रो नयाँ रोमाञ्चकारी र अत्यन्त जोखिमपूर्ण स्टण्टमार्फत माउन्टेन ड्युले वास्तविक हिरोहरू ती हुन् जसले उनीहरूको अगाडि आइपरेको चुनौतीको डटेर सामना गर्छन् र विजेता बनेर उभिन्छन् भनेर दर्शाउने लक्ष्य लिएको छ।
हामी एकपटक फेरि अनूपसंँग सहकार्य गर्न पाएकोमा हौसिएका छौं, जसले माउन्टेन ड्युको आदर्शलाई वास्तविकतामा परिणत गरिदिएको छ । हामी आशावादी छौं कि हाम्रा उपभोक्ताहरू र अनूपका प्रशंसकहरूले माउन्टेन ड्युसँगको डरको अगाडि जित छ भन्ने यो विश्वासलाई गुञ्जायमान गराउनु हुनेछ।’
टिभिसी सुटिङ गर्दाको आफ्ना् अनुभव सुनाउँदै ब्रान्ड सद्भावनादूत अनूप विक्रम शाहीले भने ‘माउन्टेन डिउका लागि यो नयाँ रोमाञ्चक विज्ञापन सुट गर्नु मेरो लागि एक मुटु कमाउने अनुभव रह्यो। सधैंजसो यसप्रकारको प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र डरको अगाडि जित छ भन्ने आदर्श, जसलाई मैले पनि अंगीकार गरेको छु, त्यसलाई समर्थन गर्न पाउनुले मलाई हर्षित बनाएको छ।
मलाई विश्वास छ कि नयाँ प्रचार अभियानले नेपालका युवाहरूलाई प्रोत्साहित गर्नेछ र उनीहरूलाई उनीहरूका डरहरूसँग जुध्न हिम्मत जुटाउनेमा विश्वस्त छु र बाधाहरू साना ठूला चाहे जे भएपनि त्यसमाथि विजयी हासिल गरेरै छाड्ने्छन्।’
नयाँ माउन्टेन डिउप्रचार अभियान र टिभिसी टिभी, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापकरुपमा प्रचार–प्रसार गरिने बताइएको छ। माउन्टेन ड्यु आधुनिक एवं परम्परागत पसलहरूका साथसाथै अग्रणी इ-कमर्स प्लेटफर्महरूभरी सिंगल/मल्टी सर्भ प्याकहरूमा उपलब्ध रहेको छ।