मुलुकमा उद्योग–कलकारखानाका उत्पादन घटेर ५० प्रतिशतभन्दा कममा झरिसकेको छ। साना तथा मझौला उद्योग बिस्तारै बन्द हुने चरणमा पुग्न थालेको छ। निर्माण क्षेत्र सुस्त हुँदा त्यससँग सम्बन्धित उद्योग समस्यामा परिरहेका छन्। गत वर्षको बजेटको कारण आमउद्योगी–व्यवसायीले सास्ती भोगिरहेका छन्।
देखाउने बेलामा रुस र युक्रेनको युद्धलाई अगाडि सारिए पनि सरकार र केन्द्रीय बैंकको मिलेमतो नभएको स्पष्ट झल्किएको थियो। त्यसको प्रभाव अहिले बैंकहरूले ब्याजदर बढाइरहेका छन्। उद्योगी–व्यवसायी व्यवसायबाटै पलायन हुनुपर्ने स्थितिबाट गुज्रिरहेका छन्।
मुलुकको अर्थतन्त्र थला परिरहेको बेला निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ भने ५७औं साधारणसभाको सँघारमा पुगेको छ। साधारणसभाबाट महासंघले नयाँ नेतृत्व पाउने छ।
सरकारको आर्थिक सल्हाकारका रूपमा रहँदै आएको महासंघमा कस्तो नेतृत्व आउने र तिनीहरूले कस्ता काम गर्छन् भन्ने सबैको व्यग्र प्रतिक्षा छ। हुन त महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्छन्। अर्थात, हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल चैत २८ देखि तीन वर्षका लागि स्वतः अध्यक्ष बन्दैछन्।
अध्यक्षबाहेक वरिष्ठ उपाध्यक्षसहित सम्पूर्ण कार्यसमिति भने निर्वाचित हुनेछन्। अहिले उद्योगी–व्यवसायी त्यही कार्यसमितिमा रहन देशव्यापी दौडमा छन्। म पनि त्यहीभित्रको एक व्यवसायी हुँ। महासंघमा वस्तुगततर्फ दुईपटक केन्द्रीय सदस्य भएर काम गरिसकेको अनुभवलाई नेतृत्व तहमा बसेर कार्यान्वयन गर्ने प्रमुख उद्देश्यसाथ योपटक वस्तुगततर्फबाट उपाध्यक्षको उम्मेदवार बनेको छु।
अध्यक्षबाहेक वरिष्ठ उपाध्यक्षसहित सम्पूर्ण कार्यसमिति भने निर्वाचित हुनेछन्। अहिले उद्योगी–व्यवसायी त्यही कार्यसमितिमा रहन देशव्यापी दौडमा छन्। म पनि त्यहीभित्रको एक व्यवसायी हुँ। महासंघमा वस्तुगततर्फ दुईपटक केन्द्रीय सदस्य भएर काम गरिसकेको अनुभवलाई नेतृत्व तहमा बसेर कार्यान्वयन गर्ने प्रमुख उद्देश्यसाथ योपटक वस्तुगततर्फबाट उपाध्यक्षको उम्मेदवार बनेको छु।
महासंघमा चिया उत्पादक संघको प्रतिनिधि भएर प्रवेश गरी विभिन्न समितिमा रहेर धेरैपटक काम गरिसकेको छु। र, मेरो सबैभन्दा ठूलो लगानी कृषि क्षेत्रमा छ। मसँग एक्सेल बैंंकको अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि छ। महासंघमा १ सय २० भन्दा बढी संघ आबद्ध छन्। त्यसमा मुख्यतः कृषि, निर्यात, उत्पादन, सेवा, पर्यटन, वैकल्पिक उर्जा र ट्रेडिङ बिजनेसमा आबद्ध भएकाको बाहुल्य छ।
मसँग कृषि, बैंकिङसँगै निर्यात, उत्पादन, सेवा, ट्रेडिङ क्षेत्रको लामो अनुभव भएकाले वस्तुगततर्फको उपाध्यक्ष बन्न आवश्यक सम्पूर्ण योग्यता पुगिसकेको छ। महासंघमा आबद्ध हुँदादेखि नै भवानी राणा अध्यक्ष हुँदा महासंघको कृषि उद्यम केन्द्रको सहसंयोजकको जिम्मेवारी पाएको थिएँ।
जुन महासंघको सबैभन्दा ठूलो उपसमिति हो। त्यो बेला ‘एक जिल्ला एक उत्पादन’, ‘एक गाउँ एक उत्पादन’ देखि लिएर बीउविजनका कार्यक्रम, हिमाली क्षेत्रको उत्पादन बढाउनेलगायत क्षेत्रमा काम गरेको अनुभव छ।
त्यहीँ रहँदा समृद्धि भन्ने नयाँ परियोजना सञ्चालन भएको थियो। त्यसले कृषकको उत्पादन र कृषिजन्य उद्योगसँग कसरी समन्वय गर्ने भन्नेबारे काम गर्ने मौका पाएको थिएँ। जुन अहिले पनि सञ्चालनमा छ। त्यो बेला ७७ वटै जिल्लामा जाने अवसर पाएको थिएँ। जिल्ला÷नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघमा पनि २५ देखि ३० संघसंगठन छन्। त्यो बेला समग्र महासंघको अवस्था बुझ्ने अवसर पाएँ।
७० देखि ७५ प्रतिशत रोजगारी सिर्जना गरेको क्षेत्र र मुलुकको अर्थतन्त्रमा बलियो उपस्थिति दिएको निजी क्षेत्रमा मैले पनि केही योगदान गर्न पाएँ। मुलुकको आर्थिक समृद्धि र उद्यमशिलता विकासमा महासंघमा रहेर योगदान गर्न पाएको भन्दै यो क्षेत्रमा पुनः दोहोरिन मन लागेर दोस्रोपटक वस्तुगतमै सदस्य भएँ। र, त्यो बेला कोभिड महामारीको आतंक विश्वभरि नै थियो। अध्यक्ष शेखर गोल्छाले मेरो यसअघिको सक्रियता देखेर हुनसक्छ शिक्षा, स्वास्थ्य तथा सीप विकास समितिको सभापतिको जिम्मेवारी दिनुभयो।
त्यो बेलासम्म मुलुकमा कोभिडको दोस्रो लहरले छोपिसकेको थियो। त्यही बेला तत्कालीन नेकपा फुटेर सरकार अस्थिरतामा गइसकेको थियो। जसका कारण जनतालाई कोभिडविरुद्धको खोप लगाउने र स्वास्थ्य सेवा सहज बनाउन निजी क्षेत्र अग्रसर भएन भने धेरै मान्छेको ज्यान जाने जोखिम बढेसँगै महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा आइसोलेसन सेन्टर स्थापना गर्यो।
त्यो बेलासम्म मुलुकमा कोभिडको दोस्रो लहरले छोपिसकेको थियो। त्यही बेला तत्कालीन नेकपा फुटेर सरकार अस्थिरतामा गइसकेको थियो। जसका कारण जनतालाई कोभिडविरुद्धको खोप लगाउने र स्वास्थ्य सेवा सहज बनाउन निजी क्षेत्र अग्रसर भएन भने धेरै मान्छेको ज्यान जाने जोखिम बढेसँगै महासंघले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा आइसोलेसन सेन्टर स्थापना गर्यो।
त्यो अभियानको जिम्मेवारी पनि मेरो समितिले पाएको थियो। लाजिम्पाटमा रहेको गोरखा अस्पताललाई आइसोलेसन सेन्टरका रूपमा स्थापना गर्न सफल भयौं। जहाँ निःशुल्क उपचार र निःशुल्क खानाको व्यवस्था गरिएको थियो। केन्द्र हुँदै नगर तथा जिल्लामा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न ठाउँमा स्वास्थ्य समिति गठन गरेर भेन्टिलेटरदेखि आवश्यक अक्सिजन, औषधीसमेत उपलब्ध गराउने काम त्यो बेला गरिएको थियो। जुन प्रभावकारी ढंगले काम भएको थियो।
महासंघमा केन्द्रीय सदस्य र विभिन्न समितिमा रहेर काम गर्दाको अनुभव लिँदै वस्तुगततर्फको उपाध्यक्षका लागि आफूलाई योग्य भएको महसुस गरेर अगाडि बढेको हुँ।
उपाध्यक्ष भएपछि के गर्ने?
शिक्षा, स्वास्थ्य र सीप विकासमा मैले काम गरिसकेको छु। महासंघ भनेको सरकारसँग लबिङ गर्ने, विदेशी दातृ निकाय वा सरकारी सहयोगमा निजी क्षेत्रलाई इम्पावर गर्ने काम गर्ने छु। हाम्रा भएका संरचना व्यवस्थित गर्दै निजी क्षेत्रलाई सम्मानजनक अवस्थामा पुर्याउने र सरकारको आर्थिक सल्हाकारका रूपमा महासंघ रहने भएकाले त्यसको भावनाअनुसार अगाडि बढ्ने नीति लिएको छु।
उपाध्यक्ष भएपछि मेरामातहतमा रहने वस्तुगत संघहरूलाई सहयोग गर्ने कुरामा सामाजिक काम गर्न सक्छु र निजी क्षेत्रका लागि मसँग भएका ज्ञान र सीप लगाउन सक्छु भन्ने मेरो अठोट हो।
व्यावसायिक पृष्ठभूमिमा लागेको करिब ४० वर्ष भइसकेको छ। यसबीच अहिलेजस्तो अर्थतन्त्रमा सकस भोगेको थिइनँ। अहिले हरेक उद्योगको उत्पादन घटेको छ। यस्तो बेलामा सरकारले ल्याउने विभिन्न पोलिसीले उद्योगी–व्यवसायीलाई राहत नभई सकस दिइरहेको छ।
अब हाम्रो नेतृत्व आएपछि अर्थ मन्त्रालय र केन्द्रीय बैंकलाई निजी क्षेत्रमैत्री नीति तथा नियम ल्याउन पहल गर्ने छौं। गत वर्षको बजेटका कारण धेरै व्यवसायीले आत्महत्या गर्नुपरेको स्थिति आएको छ। केन्द्रीय बैंकले नियन्त्रण गर्ने बहानामा बैंकहरूलाई ६ प्रतिशतसम्म प्रिमियम लिन पाउने व्यवस्था गरिदिएको छ।
मुलुकमा गम्भीर आर्थिक समस्या आइपर्दा पनि बैंकहरू भने नाफा बढाउने होडमा लागेको देखिन्छ। जुन साना तथा मझौला उद्यमीका लागि गम्भीर विषय हो। अब हामी नेतृत्वमा पुग्दै गर्दा यी विषय सम्बोधनका लागि सरकारसँग गम्भीर भएर छलफल गर्ने छौं र निकास निकाल्ने छौं।
सरकारको अस्थिर नीतिका कारण यसअघि नै पलायन भएका गार्मेन्ट, पस्मिना र अन्य सम्भावनाका क्षेत्र पलायन भए जसरी हुने अवस्था रोक्नुपर्ने स्थिति आएको छ। आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी हुनुपर्ने स्थिति छ। अहिले पनि आठदेखि १० क्षेत्र छानेर त्यसमा मात्र फोकस भएर लाग्नुपर्ने छ।
सरकारको अस्थिर नीतिका कारण यसअघि नै पलायन भएका गार्मेन्ट, पस्मिना र अन्य सम्भावनाका क्षेत्र पलायन भए जसरी हुने अवस्था रोक्नुपर्ने स्थिति आएको छ। आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी हुनुपर्ने स्थिति छ। अहिले पनि आठदेखि १० क्षेत्र छानेर त्यसमा मात्र फोकस भएर लाग्नुपर्ने छ।
कृषिलाई उत्पादनसँग जोड्न महासंघले अहम भूमिका निर्वाह गरेर जानुपर्ने स्थिति छ। ट्याक्स र भ्याटमा पनि सरकारले केही संशोधन गर्नुपर्ने बेला आएको छ। प्रर्वद्धनमूलक उत्पादनमा कम भ्याट लगाउने र अन्यमा केही बढी लगाउने गरी सरकारले आवश्यक नीति नियम बनाउन जरुरी छ।
ट्याक्सलाई वर्गीकरण गर्न अतिआवश्यक छ। अहिले १४/१५ प्रतिशत क्षेत्रले मात्र ट्याक्स बुझाएर राज्य चलाउन मुस्किल पर्ने भएकाले त्यसको दायरा बढाउनुपर्छ। उत्पादन संरक्षण र निर्यात प्रवद्र्धनका लागि ट्याक्स र भ्याटमा वर्गीकरण गर्न महासंघले प्रमुख भूमिका निर्वाह गर्ने छ। सरकारको संरचनालाई यस विषयमा कन्भिन्स गर्न महासंघका वस्तुगत संघहरूले छलफल तथा अन्तक्र्रिया अगाडि बढाउनेछन्।
महासंघमा गएपछि व्यक्तिगत लाभभन्दा संस्थागत लाभ कसरी लिन सकिन्छ भन्ने विषयलाई जोड दिर्नुपर्छ र दिनेछु। निजी क्षेत्रको फाइदा सर्वोपरी ठानेर काम गर्ने छु।
(ढकाल हेरिटेज ग्रुपका अध्यक्ष हुन्।)