ब्रसेल्स। युरो क्षेत्रमा मुद्रास्फीति मार्चमा अपेक्षा गरिएभन्दा निकै कम भएको छ। ऊर्जाको लागत घटे पनि खाद्यान्नको मूल्यमा वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ।
एटलान्टिक क्षेत्रको दुवै किनारका लगानीकर्ताहरू केन्द्रीय बैंकहरूले के कदम चाल्नेछन् भनेर मापन गर्न र मुद्रास्फीतिको अवस्था घोषणा गर्न तयार रहेका छन्।
अधिक वृद्धिले उनीहरूको बैंकिङ क्षेत्रलाई असर गर्न सक्ने जोखिमहरूको बिरूद्ध केन्द्रीय बैंकहरूले ब्याज दर वृद्धिको साथ मुद्रास्फीतिलाई नियन्त्रण गर्न सावधानीपूर्वक सन्तुलन गर्नु आवश्यक छ।
युरापेली संघ (ईयू) को तथ्यांक कार्यालयकाका अनुसार युरो क्षेत्रमा उपभोक्ता मूल्य वार्षिक रूपमा ६.९ प्रतिशत कायम भएको छ जुन फेब्रुअरीमा ८.५ प्रतिशतले घटेको थियो। यो एक वर्षयताकै सबैभन्दा कम दर हो।
ब्लुमबर्ग र वित्तीय डाटा फर्म फ्याक्टसेटका विश्लेषकहरूले मार्चमा एकल मुद्रा क्षेत्रमा मुद्रास्फीति दर ७.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए।
अक्टोबरमा १०.६ प्रतिशतको उच्च बिन्दुबाट ओरालो लागे पनि युरो क्षेत्रको मुद्रास्फीति अझै पनि युरोपेली केन्द्रीय बैंकको दुई प्रतिशतको लक्ष्यभन्दा निकै माथि छ।
ईसीबीले रातो–तातो मुद्रास्फीतिलाई नियन्त्रण गर्न बारम्बार ब्याज दरहरू बढाएको छ तर अर्को दर वृद्धिको आकार बैंकिङ क्षेत्रमा हालैको उथलपुथलपछि अस्पष्ट छ।
युरोस्टाटका अनुसार फेब्रुअरीमा १३.७ प्रतिशतले बढेको ऊर्जाको मूल्य मार्चमा ०.९ प्रतिशतले घटेको छ।
रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण गत वर्ष तेल र ग्यासको मूल्य बढेको थियो तर हालैका महिनाहरूमा यो अझ स्थिर भएको छ। यसलाई हल्का मौसमले पनि मद्दत गरेको छ।
खाद्य तथा पेय पदार्थको मूल्य मार्चमा १५.४ प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनामा १५ प्रतिशत थियो।
युरो क्षेत्रका वरिष्ठ अर्थशास्त्री बर्ट कोलिजनले भने, 'यसले मूल्यको चाप तत्कालका लागि उच्च रहेको संकेत गर्छ, यद्यपि आगामी महिनाहरूमा यसमा सुधार आउनेछ। रासस/एएफपी