काठमाडाैं। पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरूको चाहनालाई मध्यनजर गरेर डिस मिडिया नेटवर्कले आइपी टिभीको सेवा शुभारम्भ गरेको छ।
नेपालको पहिलो प्रिमियम आइपी टिभी डिएच आइटिभी, डिटीएच र टेरिस्टटेरियल (टी२) भन्दा फरक प्रविधि इन्टरनेट प्राेटाेकल बेस्ड भएका कारण यो आइपी टिभीमा लोकप्रिय क्रिकेट टुर्नामेन्ट आइपिएल एचडी क्वालिटीमा हेर्न सकिनेछ।
यस्तै अन्तर्राष्ट्रिय सिरिजहरू जस्तै कोरियन, पाकिस्तानी, इरानी, बुल्गेरियन आदि आफूले चाहेको समयमा हेर्न सकिन्छ।
लाइभ टिभीमा दैनिक विभिन्न स्पाेटस्, सिरिज, मुभीहरू र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिन्द्ररको र आनन्दीसँगै अन्य सेवा प्रदायकमा उपलब्ध नभएको सट्स टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी हेर्न सकिन्छ।
त्यस्तै नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिसहोमका एक्सक्लुसिभ च्यानलहरूलगायत २ सयभन्दा बढी टिभी च्यानलहरू, ५ हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्डहरु, भिडियाे अन डिमान्ड, क्याच-अप टिभी र स्टाट-अभर टिभी, युटुयब, टिकटकलगायत अन्य विभिन्न एप तथा फिचर्सहरू उपलब्ध छ।
इन्टरनेट प्राेटाेकल (आइपी) नेटर्वकमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकाले यो सेवा लिनका लागि इन्टरनेट कनेक्सन हुन जरुरी हुन्छ। ग्राहकहरूले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिएच फाइबरनेट जडान गरेर नेपालको पहिलो प्रिमियम आइपी टिभी डिएच आटिभीमा एक्सक्लुसिभ, प्रिमियम, एचडी टिभी च्यानलहरुको मज्जा लिन सक्नेछन्।
ग्राहकहरुले डिटिएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउने विश्वास कम्पनीकाे छ।