काठमाडौं। नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अविश्वसनीय र उत्साहजनक अफर योजना ल्याएको छ।
'पावर अफ फाइभ' योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने छ।
त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्ड मार्फत १ लाखसम्म रुपैयाँको ग्यारेन्टी क्यास ब्याक जित्ने मौका पाउनेछन्।
खरिद गरे पश्चात् पनि तीन जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा अइफेन १४ वा एप्पल वार्च वा एप्पल एयर पाेटस् जित्ने मौका पाउनेछन्। यो योजना आर१५, एमटी१५ र फ्यासिनाे मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागू हुनेछ।
यामाहा नेपालले योजनाअन्तर्गत पाँचवटा अफर ल्याएको छ। पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यामाहाकाे साइट मा गएर वा क्युआर कोड स्क्यान गरेर योजनामा सहभागी हुन सक्नेछन्।
सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यास ब्याक जित्ने अवसर प्राप्त गर्नेछन्।
ग्राहकले यामाहा बाइक वा स्कुटर खरिदपछि वाइल्ड कार्डमा सहभागी भएर १ लाख रुपैयाँसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन्। बाइक वा स्कुटर खरिदमा ग्राहकले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन्।
जुन उनीहरुले आइफाेन १४ वा एप्पल वार्च वा एप्पल एयर पाेटस् जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई सेयर गर्न सक्नेछन्।
एमएडब्लु यामाहाका सिइओ राजु क्षेत्रीले २०८० का लागि 'पावर अफ फाइभ' अफर सुरु गर्न पाउँदा रोमाञ्चित भएकाे बताए। उनले भने, 'हामी 'पावर अफ फाइभ' नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं।'
यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ। साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिनेछ। यो अफर अर १५ , एमटी १५ र फ्यासिने बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ।
यामाहाको 'पावर अफ फाइभ' योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जोकोहीको लागि एक अद्वितीय र रोमाञ्चक अवसर हो।
खरिदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आईफोन, एयरपड्स र एप्पल घडीहरू सहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरूलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो। यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्नेछन् ।