काठमाडौं। साओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । यी दुवै संस्थाहरु गोदावरीमा अवस्थित छन् ।
साओमी नेपाल अप्ठेरोमा परेकाहरूलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रूपमा संलग्न छ । साथै यसले समुदायको सेवाका लागि धेरै कल्याणकारी कार्यहरू गर्दै आएको छ ।
साओमीले आफ्नो व्यापारिक उत्पादन तथा सञ्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरूमा योगदान दिँदै समुदायको विकासमा योगदान गर्दै आएको छ । साओमीले समुदायमा सक्रिय रूपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा साओमीले गोदावरीस्थित मैत्रेय फाउन्डेसन र लभलाइट सोसाइटीलाई २०० भन्दा बढी स्कुल ब्याग ,स्टेसनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले यी संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका बारेमा टिप्पणी गर्दै साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भने, ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। हामीले यसलाई हाम्रो ‘मि–सन शिक्षा’ बनाएका छौं ।
यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ । यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रूपमा समाज, सर्वसाधारण र कम्पनी कै आवश्यकतालाई सम्बोधन गर्छन् भन्ने कुरा मा हामी विश्वास गर्छौं ।’
साओमी नेपाल यस्तो व्यावसायिक संस्था हो जसले समाजप्रतिको आफ्नो जिम्मेवारी बुझ्छ र समाजमा योगदान पुर्याउन र खुसी बाँड्नमा विश्वास गर्छ । साओमीले यसअघि पनि विभिन्न परोपकारी कार्यक्रमहरू आयोजना गरिसकेको छ र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउँछ छ ।