काठमाडाैं। सीजीले नयाँ वर्षको उपलक्ष्यमा ग्राहकको खुशीयालीमा झनै उमँग भर्न सीजीको 'नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँपनको' उपहार योजना ल्याएकाे छ।
उपहार योजनाअन्तर्गत सीजीको यो नया वर्ष, सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरुमा नयाँपनको उमँगसहित ग्राहकको लागि उपलब्ध छ।
योजनासँगै ग्राहकले सीजीका अत्याधुनिक सामाग्रीका साथ २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार घर ल्याउन सक्नेछन्। आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटीकाे सामानसँगै नेपालको आफ्नै ब्रान्ड सीजीको विश्वास पाई ग्राहकहरु ढुक्क भई नयाँ वर्षको उत्सव मनाउन सक्नेछन्।
यस उपहार योजनाअन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टिभी, स्मार्ट टिभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ।
यसरी फ्लोर स्टानडिङ र क्यासेट एयर कन्डिसनरमा क्यासब्याकलगायत ५ हजार र स्पिलिट एयर कन्डिसनरमा क्यासब्याक लगायत ४ हजार बराबरको जडान निःशुल्क रहेको छ भने ६५ र ७५ एन्ड्रोइड टिभीमा ७ हजार ५ सय ९० बराबरको सीजी २.१ स्पिकर उपहार रहेकोछ।
सेमी–अटोमेटिक तथा टप लोडिङ् वासिङ मेसिनमा ९ सय २० रुपैयाँ बराबरको २ केजीको एरियल म्याटिक उपहार रहेको छ भने फ्रन्ट लोडिङ वासिङ मेसिनमा २ हजर ५ सय बराबरको ६ केजीको एरियल म्याटिक उपहार रहेको छ।
साथै, डबल डोर रेफ्रिजरेटरमा १ हजार २ सय ६० बराबरको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा २ हजार ८ सय बराबरको कुकिङ किट, स्टिम वास डिसवासरमा २ प्याकेट डिसवासर किट तथा मल्टिडोर र साइड बाइ साइड रेफ्रिजरेटरमा ७ हजार ९० रुपैयाँ बराबरको सीजी मेरिडिया भ्याकुम उपहार रहेको छ।
यो योजना चैत्र १३ देखि नेपाल अधिराज्यभर सिमित अवधिका लागि लागू गरिएको छ।