काठमाडौं। सामसङले नयाँ ‘ग्यालेक्सी ए३४ ५जी’ र ‘ग्यालेक्सी ए५४ ५जी’लाई नेपाली बजारमा उपलब्ध गराएको छ। कम्पनीले हालैमात्र यी फोनहरु नेपाली बजारमा उपलब्ध गराएको हो। यी फोनहरूमा धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरू छन्।
यी फोनमा फ्लोटिङ क्यामराका साथसाथै मोबाइलको रङसँग मिल्ने मेटल क्यामरा डेकोको सुविधा पनि रहेको छ। ग्यालेक्सी ए–सिरिजमै पहिलो पटक ए५४ ५जीमा यसलाई प्रिमियम बनावट र अनुभव दिलाउने ग्लास ब्याक विशेषता जडित रहेको कम्पनीको भनाइ छ।
ग्यालेक्सी ए५४ ५जी ३ रङहरू कालो, हरियो र बैजनी रङमा उपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जी पनि कालो, हरियो र सिल्भर गरी ३ रङहरूमा उपलब्ध छ। ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जीको निर्माण लामो समयसम्म टिक्ने गरी गरिएको छ।
कम्पनीका अनुसार यी मोबाइलहरू ३० मिनेटसम्म एक मिटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्। जसको लागि यसले आइपी६७ रेटिङ पाएको जनाइएको छ। यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइललाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन्।
यी दुवै मोबाइलहरूका डिस्प्ले कर्निङ गोरिल्ला ग्लास ५ संरक्षणका साथ उपलब्ध छन्, जसले कोरिन दिँदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न। ग्यालेक्सी ए५४ ५जीको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ।
पछिल्लो ए–सिरिज लन्चको, सामसङले पहिलो पटक २५६ जिबी मेमोरी भेरियन्टलाई ६० हजार रुपैयाँमा प्रस्तुत गरेको छ। जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई संकेत गर्ने कम्पनीको भनाइ छ।
दुवै ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी २ वटा मेमोरी प्रकारहरूमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जीको ८ जिवी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९ सय ९९ रुपैयाँ र ८ जीवी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
यस्तै, ए३४ ५जिको ८ जीवी ¥याम र १२८ जीवी आन्तरिक स्टोरेज भएकोको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत् १ टिबिसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ।