काठमाडौं। एमजी भेइकलका लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँँ इलेक्ट्रिक भेरियन्टको एसयुभी एमजी जेड एसयुभीका लागि प्रि–बुकिङ खुला गरेको छ।
यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ।
आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रीले सिङल चार्जमै ३२० किमिको वाइड रेन्ज प्रदान गर्ने पनि कम्पनीले जानकारी दिएको छ। यस एसयुभीको ब्याट्री लाइफ भने आठ वर्षको रहेको छ।
दुइटा भेरियन्टमा उपलब्ध यस एसयुभीको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार राखिएको छ भने डिलक्स भेरियन्ट्को मूल्य ५२ लाख ४९ हजार राखिएको छ। वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न सुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख डिपोजिट तिरेर प्रि–अर्डर अथवा बुक गर्न सकिनेछ ।
सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडिसी, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेकाे छ।
त्यस्तै ड्राइभरका लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकरसहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरका लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुइटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।