काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी १३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ।
शाओमीले साेमबार एक कार्यक्रमकाे आयाेजना गरेर उक्त फाेन सार्वजनिक गरेकाे हाे।
उत्कृष्ट तस्बिरको लागि डुअल फ्रन्ट क्यामेरासहितको फ्ल्यागशिप क्यामेरा प्रणाली प्रदान गर्ने फ्ल्यागशिप स्मार्टफोन, स्लिम डिजाइन तथा इमर्सिभ डिस्प्ले रहेकाे छ।
कार्यक्रममा बाेल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, 'शाओमीको लक्ष्य नयाँ स्मार्टफोन उचित मूल्यमा नवीनतम प्रविधिहरु थप पहुँचयोग्य बनाउनु हो। हाम्रो यही मूल दर्शनलाई ध्यानमा राख्दै शाओमी १३ लाइट, उत्पादनको स्वामित्व खोज्ने जो कोहीका लागि उत्कृष्ट प्रदर्शन र अविश्वसनीय डिजाइनमा सार्वजनिक गरेका छौं।'
फ्ल्यागशिप इमेजिङ प्रणाली र स्मार्ट डुअल फ्रन्ट क्यामेराका साथ मास्टरपिस पोर्ट्रेटहरू रहेकाे यस शाओमी १३ लाइटमा ५० एमपी ट्रिपल क्यामेरा सेटअप छ जसमा मुख्य क्यामेरामा आइएमएक्स ७६६ सेन्सर जडान गरिएको छ।
इमेजिङ इन्जिनद्वारा सञ्चालित शाओमी १३ लाइटको बलियो कम्प्युटेशनल फोटोग्राफी क्षमताका साथ आई ट्र्याकिङ फोकस र मोशन क्याप्चर गर्छ।
फ्ल्यागशिप लेभल रियर क्यामेरा सेटअपका साथ शाओमी १३ लाइट डुअल फ्रन्ट क्यामेरा सेटको साथ सुसज्जित छ। ३२ एमपि फ्रन्ट क्यामेराले क्रिस्टल–क्लियर सेल्फीहरू प्रदान गर्छ भने यसको ८ एमपी फ्रन्ट क्यामेराले सेल्फ–पोर्ट्रेटहरूमा प्राकृतिक रूपहरूका लागि थप डिटेल प्रदान गर्न देप्थ सेन्सरको रूपमा काम गर्छ।
शाओमी १३ लाइटले डायनामिक फ्रेमिङ पनि प्रदान गर्दछ, जसले फ्रेममा भएका व्यक्तिहरूको संख्यालाई पत्ता लगाई, दृश्यको क्षेत्रलाई स्वतः समायोजन गर्दछ र उपयुक्त रूपमा जुम इन वा जुम आउट गर्छ।
सेल्फी जुम, पकेट मिरर, र शाओमी सेल्फी ग्लो जस्ता उपयोगी र रमाइलो सुविधाहरू समावेश गरिएको शाओमी १३ लाइटले सबै उच्च गुणस्तरको सेल्फीहरू र भिडियो कलहरू सजिलै लिन सक्षम बनाउँछ। यसमा भएको २एक्स सेल्फी जुमले क्लोजअप फोटोकोईनदेप्थ विवरणहरू खिच्न सक्षम बनाउँछ।
अन्य स्मार्टफोनकाे तुलनामा सबैभन्दा पातलो र हल्का स्मार्टफोन डिजाइनमा शाओमी १३ लाइट डिजाइन गरिएको छ। यसको ६.५५ कर्भ डिस्प्लेलेशाओमी १३ प्रो जस्तै प्रिमियम र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्छ। ३ डि कर्भ बडी डिजाइनले सहज ह्यान्ड ग्रिप पनि प्रदान गर्छ।
फ्ल्यागशिप चिपसेट र टर्बो चार्जिङ प्रविधिद्वारा समर्थित
शाओमी १३ लाइटमा स्न्यापड्रयागन® ७ जेन १ मोबाइल प्लेटफर्म, २० प्रतिशत सुधारिएको जिपियु कार्यसम्पादन र एआइ कार्यसम्पादनमा ३० प्रतिशत वृद्धि भएको सबैभन्दा बलियो प्रोसेसरसँग सुसज्जित छ।
शाओमी १३ लाइट सुधारिएको कुलिङ क्यापासिटी र डुअल फ्रन्ट क्यामेराहरूको साथ उपलब्द छ। यो स्मार्टफोन समान रूपमा शक्तिशाली ४५०० मेगा हर्ज ब्याट्री र ६७ वाट वायर्ड टर्बो चार्जिङले प्रयोगकर्ताहरुलाई लामो समयसम्म प्रयोग गर्न मद्दत गर्छ।
जीवन्त तथा आई–केयरिंग डिस्प्ले
अविश्वसनीय डिस्प्ले टेक्नोलोजी रहेका शाओमी १३ लाइट ६.५५’एमओएलइडी डिस्प्ले, डोलबाइ भिजन ® र डोलबाइ एटमोस® सुविधाहरूको साथ आउँछ, जसले प्रयोगकर्ताहरूलाई उच्च–इमर्सिभ भिजुअल र अडियो अनुभव प्रदान गर्दछ।
१२० हर्ज सम्मको स्क्रिन रिफ्रेस रेट र २४० हर्जको टर्च सम्प्लिंग रेटको साथ, यसको डिस्प्लेले सामग्री उपभोग र गेमिङको लागि फ्ल्यागशिप–स्तरको सहजता प्रदान गर्छ।
यसको साथै, शाओमी १३ लाइटले ६८ बिलियन रङहरू प्रदर्शन गर्न जसले सोशल मिडियामा मनपर्ने पोर्ट्रेटहरू ब्राउज गर्दा सही रङहरू प्रदान गर्न सक्षम बनाउँछ। प्रयोगकर्ताहरूको आँखाको सुरक्षाको लागि सनलाइट मोड र रिडिङ मोडको साथ सुनिश्चित गरिएको छ जसले आरामदायी दृश्य अनुभव प्रदान गर्छ।
लाइट ब्लू र लाइट पिंक गरि शाओमी १३ लाइट दुई रंगमा हुनेछ भने ८+१२८जिबी र ८+२५६जिबी गरी दुई भेरियन्टमा उपलब्ध छ।
८+१२८जिबी र ८+२५६जिबी भेरियन्टको मूल्य क्रमशः ५४,९९९ र ५७,९९९ रुपैयाँ हुनेछ। यससँगै शाओमी १३ लाइट नेपालभर आधिकारिक स्टोरहरूमा उपलब्ध छ।