नेपाल उद्योग बाणिज्य महासंघको विधान संशोधनका लागि कार्तिक २९ गते बोलाइएको विशेष साधारण सभा नहुने निश्चित जस्तै भएको छ । महासंघमा एक बर्षअघिदेखि विधान संशोधनको मुद्दा उठेपनि पछिल्लो पटक अचानक सेलाएको छ । महासंघभित्रको विवाद, विधान संशोधनको प्रक्रिया र आगामी अवस्थाका विषयमा क्यापिटल नेपालका बाबुराम खड्का र प्रकटकुमार शिशिरले महासंघका पूर्वअध्यक्ष तथा विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालसँग गरेको कुराकानी :
विशेष साधारणसभा नजिकिँदै गर्दा विधान संशोधनको विषय अचानक किन हरायो ?
महासंघको विधान संशोधन गर्ने विषयमा हामी लागिरहेका नै छौं । अहिले कसरी जाने भन्ने विषयमा छलफल भैरहेको छ । पहिला नै विधान संशोधन भइसकेकाले शेखर गोल्छा नै अध्यक्ष बनाएर अघि बढ्ने पनि हुन सक्छ । नयाँ स्वरुपमा पनि जान सकिन्छ । गोल्छाजीको कार्यकालमा राम्रो काम भयो भने भोलीका दिनमा अध्यक्षमा २/३ कार्यकाललाई संशोधन नहुन पनि सक्छ ।
शुक्रबार विधान संशोधन समितिको बैठक शुक्रबार बोलाएको छु । आधिकारिक निर्णय त्यही हुुनेछ । तर, मेरो ब्यक्तिगत धारणा भने विधान संशोधन गरेर तत्काल लागू भएर जानुपर्छ भन्ने हो । नभए, यथास्थितीमा राखेर वादविवाद भएका र केहि प्रक्रियामा रहेका कुरा मिलाएर पनि जान सकिन्छ । अन्तिम अवस्था भएका कारण यस बुँदालाई यथास्थितीमा राखेर आउने नियमित साधारणसभामा जान पनि सक्छ ।
साधारणसभा बस्नुभन्दा १५ दिनअघि बस्नु पर्ने कार्यसमितिको बैठक बसेन । २९ गतेको विशेष साधारणसभा के हुन्छ ?
सायद मेरो विचारमा विशेष साधारणसभा स्थगन हुन्छ । किनभने २९ गतेको विशेष साधारणसभाका लागि १५ दिनअघि सभास्थल तोकिनु पथ्र्यो तर तोकिएन । कार्यसमिति बैठक नै २८ गते साधारणसभाको एक दिन अघि हुने भएको छ । त्यही कार्यसमितिले तोक्नु पर्ने हो ।
शुक्रबार विधान संशोधन समितिको बैठक शुक्रबार बोलाएको छु । आधिकारिक निर्णय त्यही हुुनेछ । तर, मेरो ब्यक्तिगत धारणा भने विधान संशोधन गरेर तत्काल लागू भएर जानुपर्छ भन्ने हो । नभए, यथास्थितीमा राखेर वादविवाद भएका र केहि प्रक्रियामा रहेका कुरा मिलाएर पनि जान सकिन्छ ।
विधान संशोधनको प्रस्ताव तपाईले नै गर्नुभएको थियो, पछि तपाई आफैंले नचाहनुको कारण के हो ?
विधान संशोधन मैले चाहेको हैन । धेरैलाई यस्तो भ्रम पर्न गएको मात्र हो । साधारणसभामा विधानका केही बुँदामा संशोधन गरिनुपर्छ भने आवाज आएपछि सबैका भावना सम्बोधन गर्न संशोधित विधानमा प्रस्ट नभएका दफा र उपदफालाई परिमार्जित गर्नका लागि मलाई संयोजक तोकिएको हो । यसमा ३ ओटा धारणा आए । पहिलो अध्यक्षको निर्वाचन सम्बन्धि विधान संशोधन गरेर अहिलेदेखि नै कार्यान्वयनमा लैजानुपर्छ भन्ने हो । त्यसमा गोल्छाजीले पहिला त्यही अनुसार विधान संशोधन भएकाले मलाइ छाडिदिनु पर्छ भन्ने कुरा पनि गर्नुभयो । उहाँको यो भनाई जायज पनि हो ।
अर्को समूह शेखरलाई चुनाव लड्न कसले प्रतिबन्ध लगाएको छ ? चुनाव लडेर अध्यक्ष बने भइहाल्छनी भन्ने कुरा पनि गरे । सरकारपछिको दोस्रो ठुलो संस्था महासंघ, त्यसमाथी पनि अध्यक्ष्यात्मक प्रणाली भएको सँस्था, त्यो संस्थाको नेतृत्वलाई साधारणसभाले चुन्न पाउनुपर्छ भन्ने एक थरिको धारणा आयो । त्यो धारणा आएपछि मैले विधान संशोधन समितिको बैठक बोलाए ।
बैठकमा अध्यक्षको कार्यकाल २ वर्ष गर्ने र जिल्ला तथा नगरको उपाध्यक्ष २ ओटा, प्रदेशको निर्वाचन, मेलमिलाप समितिलगायतका ३५ ओटा बुँदालाई ३ महल बनाएर हामीले साधारण सदस्यलाई पठायौं । साउन १५ गते नै कात्तिक २९ गते जाने कुरा भएको थियो । सोहि अनुसार कात्तिक १५ गते नै १५ दिनको अग्रिम सूचना दिएर कार्यसमिति बैठक बोलाइयो र मिति तोकियो । यहि बीचमा साथीहरुसँग छलफल भयो । आक्रमक रुपमा विधान संशोधनमा लाग्नुपर्छ भन्ने साथीहरुमा पनि एक किसिमको विचलन आयो । जुन स्प्रिडमा काम अघि बढेको थियो, त्यसमा विचलन आयो ।
वल्ड ट्रेड सेन्टरको पत्रकार सम्मेलनमा उपाध्यक्षलगायत अन्य सदस्यहरु जुन रुपमा आक्रमक देखिएका थिए । पछि उनीहरुमा त्यो देखिएन । किन त्यस्तो भयो ?
महासंघको नेतृत्वले टाइमवाउन्डको हिसाबमा यसरी जाउ भन्नु पथ्र्यो, त्यो भनेन । मलाइ लाग्छ त्यहाँ पनि केही कमजोरी देखिए । म विधान संशोधन समितिको संयोजक भएपछि केही साथीहरुलाई के भ्रम पर्यो भने संयोजकले नै विहे गराउन बाजा बजाएर हिड्छ । मैले त बाजा बजाएर बेहुलावेहुली आएपछि टीका लगाइदिने मात्र हो । टीको लगाएर कानूनसम्मत बनाउने हो । यहाँ जन्ति जान तयार त सबै तयार भए तर बेहुला र बेहुली पाइएन । त्यसपछि बिद्यमान विधान अनुसार अध्यक्ष हुन पाउनु पर्छ भनेर शेखरजीले पनि भन्न थाल्नुभयो । उहाँको भनाई जायज हो ।
सबैका भावना सम्बोधन गर्न संशोधित विधानमा प्रस्ट नभएका दफा र उपदफालाई परिमार्जित गर्नका लागि मलाई संयोजक तोकिएको हो । यसमा ३ ओटा धारणा आए । पहिलो अध्यक्षको निर्वाचन सम्बन्धि विधान संशोधन गरेर अहिलेदेखि नै कार्यान्वयनमा लैजानुपर्छ भन्ने हो । त्यसमा गोल्छाजीले पहिला त्यही अनुसार विधान संशोधन भएकाले मलाइ छाडिदिनु पर्छ भन्ने कुरा पनि गर्नुभयो । उहाँको यो भनाई जायज पनि हो
तपाईंलाई त्यो भनाई जायज हो भन्ने अनुभुति अहिले आएर किन भयो ?
केही साथीहरुको राय एक पटक शेखरलाई छाडिदिउँन भन्ने आयो । अर्काथरी साथीहरुले किन छाड्ने हामीले चुनाव लड्नु पर्ने, भवानी र शेखर मात्र किन चुनाव नलड्नु पर्ने ? अहिलेदेखि नै चुनावमा जाऔं भन्ने पनि थिए । वल्र्ड ट्रेड सेन्टरको पत्रकार सम्मेलनमा त्यही कुरा उठेको थियो । चन्द्र ढकाल र किशोर प्रधानलगायतले कि अहिलेदेखि जानुपर्छ कित २/३ पटक पर्खनुपर्छ भनेका थिए ।
एकातर्फ साथीहरु त्यसको औचित्यमाथी प्रश्न उठाइरहेका थिए भने अर्कोतर्फ एकपटक वा दुईपटक भनेर कुनै व्यक्ति बिशेषलाई छुट दिने ? अवधि नै हेरौं भनिरहेका थिए । भोली आउने व्यक्तिको रवैया गलत भयो भने २५ प्रतिशत कार्यसमितिका सदस्यले हस्ताक्षर गरेर बोलाउन सकिन्छ । यसलाई फोर्सफुल्ली लगेर १, २ भनेर मतदान गराउनु भन्दा सबैको धारणा बुझौं भन्ने थियो ।
तपाईहरुको टिमले सोचेको कुरा त्यही थियो । मतदानमा जान्छ र ६०/४० प्रतिशत हुन्छ । तर, एकाएक सहमति कसरी भयो ?
सहमति कहाँ भएको छ र ?
सहमति नै भएको देखियो नी । नत्र अब के हुन्छ त ?
शुक्रबार मैले विधान संशोधन समितिको पुर्ण बैठक बोलाएको छु । त्यो बैठकले यसलाई अब यति कै छाडिदिउँ साधारणसभामा लैजाउँ भन्छ वा ३ महिना म्याद थपेर धुवाँधार रुपमा जाउँ भन्छ । अहिले धेरै साथीहरुको बीचमा विवाद ल्याउनु भन्दा हेरौं न त भन्ने हो । बैठकले जे निर्णय गर्छ त्यहि हुन्छ ।
केही साथीहरुको राय एक पटक शेखरलाई छाडिदिउँन भन्ने आयो । अर्काथरी साथीहरुले किन छाड्ने हामीले चुनाव लड्नु पर्ने, भवानी र शेखर मात्र किन चुनाव नलड्नु पर्ने ? अहिलेदेखि नै चुनावमा जाऔं भन्ने पनि थिए ।
तपाईहरु अध्यक्ष कसलाई बनाउने, कसलाई नबनाउने भनेर ब्यक्तिमा लागिरहँदा महासंघ राष्ट्रिय एजेन्डामा पछि पर्दै गयो नी ?
यो कुरा ठिक हो । यसले वादविवाद पनि बढाएको छ । बदलिंदो परिस्थितीमा महासंघको औचित्य र क्षमतालाई कता न कता धमिल्याउने, मतदानमा लगेर भिडन्त गराउँने अवस्था सिर्जना गरेको देखियो । साथीहरुलाई पक्ष र विपक्षमा उभ्याँउनु भन्दा बहुमतको धारणाअनुसार अघि बढौं भन्ने हिसावले पनि काम गरेको हो ।
अन्य पूर्व अध्यक्षको तुलनामा तपाई महासंघमा किन यति धेरै सक्रिय हो ? यसमा तपाईको स्वार्थ के छ ? महासंघमा तपाई किन हस्तक्षेप गर्नुहुन्छ ?
मेरो आवश्यकता भएर हो । सयौं जना एउटा पार्टीमा बसेर राजनीति गर्छन । राजनीति गर्ने कोही प्रधानमन्त्री हुन्छ, केही मन्त्री हुन्छन् । एउटै बाउको छोरा कोही प्रधानमन्त्री र कोही प्रधानपञ्च भयो भने बाउले अर्को छोरालाई त किन प्रधानमन्त्री भइनस भनेर हुन्छ ? जो राजनीति र मासको विचारमा उभियो उहि प्रधानमन्त्री भयो । यो एटिच्युट र डेडिकेसन हो । केहि पूर्व अध्यक्षहरु फुर्ति लगाउलान् । महासंघको अध्यक्ष हुँदा केही नगर्ने र बाहिर भएपछि फुर्ति पनि छन् । सम्पर्कमा नआउने र पछि यस्तो भयो उस्तो भयो भनेर गुनासो गर्ने पनि छन् । मलाई कस्तो भइदियो भने, म चुप लागेर बस्न खोज्दा पनि दिनमा १० देखि १५ ओटा जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको फोन आउँछ ।
उनीहरुको मसंगको सम्पर्कले सक्रिय बनाएको छ । मलाई फोन गरेर भन्छन, दाई मलाइ भोलीको चुनावमा राखिदिनु पर्यो है । ल मेरो प्रहरीले सामान पक्रियो भनिदिनु पर्यो । मेरो राजश्वले सामान पक्रियो भनिदिनु पर्यो । म जिल्लामा उठेको छु फलानालाई भनिदिनु पर्यो । यस्तै कुराले राजनीति मेरो दिमागमा छिर्यो । उनीहरुलाई गर्ने बेलामा म उपस्थित हुनु पर्ने, र मलाइ सहयोग चाहिएको बेला भएन भने मेरो मात्र हैन उनीहरुको राजनीति पनि सकिन्छ ।
यसको मतलव महासंघका सदस्यहरुले नै तपाईंलाई सक्रिय बनाएका हुन् त ?
उनीहरुको मसंगको सम्पर्कले सक्रिय बनाएको छ । मलाई फोन गरेर भन्छन, दाई मलाइ भोलीको चुनावमा राखिदिनु पर्यो है । ल मेरो प्रहरीले सामान पक्रियो भनिदिनु पर्यो । मेरो राजश्वले सामान पक्रियो भनिदिनु पर्यो । म जिल्लामा उठेको छु फलानालाई भनिदिनु पर्यो । यस्तै कुराले राजनीति मेरो दिमागमा छिर्यो । उनीहरुलाई गर्ने बेलामा म उपस्थित हुनु पर्ने, र मलाइ सहयोग चाहिएको बेला भएन भने मेरो मात्र हैन उनीहरुको राजनीति पनि सकिन्छ । ५० जना विद्यार्थीलाई पढाउने शिक्षक र कताब, कापी त्यहि हो । तर, त्यसमा एउटा प्रथम, अर्को दोस्रो, तेस्रो र पास मात्र हुन्छन् ।
व्यवसायी वृतमा चण्डीराजको भुमिका अली बढी नै देखियो भन्छन् । अरु कुनै पनि पूर्व अध्यक्षहरु सक्रिय छैनन् । तपाई पनि सक्रिय नहुँदा के हुन्छ ?
म यसको जवाफ दिउँ, उहाँहरु सक्रिय नभएको हो की सक्रिय नगराइएको हो ? अरु बेला मतलब नगर्ने व्यापारमा मात्र लाग्नुपर्ने, कसैको काम नगरिदिने, अनी मेरो भुमिका कसरी हस्तक्षेपकारी भयो ? हस्तक्षेपकारी भुमिका भयो भने त कोही न कोही अघि आए हुन्छ नी । म त्यसै माइनस भइहाल्छु नी ।
तपाई अब माइनस हुँदै हुनुहुन्छ नी हैन ?
कसरी ?
भोली शेखर गोल्छा अध्यक्ष भएपछि तपाईलाई कुनै भुमिका दिएनन् भने तपाई माइनस हुनुहुन्न र ?
त्यो संभव होला र ? मलाइ त त्यस्तो लाग्दैन । म बेवकुफ छैन होला । महासंघको अध्यक्ष चुनिएर मात्र हुँदैन । महासंघ पनि चलाउनु पर्यो ।
उसोभए तपाईहरुबीच केहि विषयमा सहमति भएकै हो ?
शेखर, चन्द्र र किशोरले मिलेर जाउँ भनेर एक किसिमको समझदारी नगरेको भए त्यो हुने थिएन । कही न कही एउटा विन्दुमा आएर संवाद भएकै हो ।
पहिला गोल्छा टीम त मानेको थिएन । तपाई पनि आक्रमक भएर विधान संशोधन गर्नतर्फ लाग्नु भयो । अहिले नरम हुनुहुन्छ, मिलन विन्दु के हो बताइदिनुस न ?
त्यस्तो हैन । कुनै मिलनविन्दुमा आइपुगेका छैनौं ।
के शेखर गोल्छालाई चण्डीराज ढकाल महासंघमा आवश्यक छ भन्ने फिल भएको भन्ने तपाईंलाई लाग्छ ?
शेखरलाई महासंघको वरिष्ठ अध्यक्ष कसले बनायो ? चण्डीराज ढकालले । केही व्यक्तिहरु चण्डीराजको महासंघमा उपस्थिती र भूमिका नहोस भन्ने चाहन्छन् । शेखरलागायतका साथीहरुलाई उचाल्ने र पछार्ने काम पनि गरे । त्यसमा शेखरजी पनि उचालिनुभयो होला । विधान संशोधनको कुरा नितान्त हाउसले ल्याएको हो । मलाई स्वामित्वमा दिएपछि मैले पारदर्शी ढंगले अघि बढाइदिएको मात्र हो ।
विधान संशोधनको पक्षमा तपाईसँग रहेका उमेशलाल श्रेष्ठ, किशोर प्रधान र भाष्करराज राजकर्णीकार तपाईंबाट टाढा जान्छन् जस्तो लाग्दैन ?
मैले उनीहरुलाई साथ छाडेको छैन नी ।
शेखरलाई महासंघको वरिष्ठ अध्यक्ष कसले बनायो ? चण्डीराज ढकालले । केही व्यक्तिहरु चण्डीराजको महासंघमा उपस्थिती र भूमिका नहोस भन्ने चाहन्छन् । शेखरलागायतका साथीहरुलाई उचाल्ने र पछार्ने काम पनि गरे । त्यसमा शेखरजी पनि उचालिनुभयो होला । विधान संशोधनको कुरा नितान्त हाउसले ल्याएको हो ।
विधान संशोधन भएपछि म पनि अध्यक्षका लागि चुनाव लड्ने भन्ने भावना उहाँहरुमा जागृत भएको थियो । त्यो त पुरा नहुने भयो नी ?
मैले अहिले जुन कुरा तपाईसँग बोलिरहेको छु, छलफल नै नगरी बोलें होला र ? मैले उनीहरुलाई कहाँ छाडेको छु ? विधान संशोधन हुने नहुने भन्ने निर्णय अन्तिम अवस्थामा छौं । संशोधन भयो भने सम्बन्ध हो, नत्र वाइवाइ भन्ने कुरा हैन । एउटा अध्यक्ष बाहेक अन्यको चुनाव हुन्छ । भोली शेखर गोल्छाको बेलामा राम्रो भएन भने हाउसले संशोधन गरेर जाउँ भन्ला ।
उसो भए कुरा मिलिसक्यो हैन ?
यो बसेर सहमति र यसै गरेर मिलेको भन्दा पनि अहिलेको अवस्थामा विकसित परिस्थिती र भोली हुन सक्ने संभावनालाई मैले प्रष्ट रुपमा भनेको हो । महासंघको आफ्नै मर्यादाका कारण पनि वादविवाद र झगडामा अल्झिनु भन्दा समाधानको बाटो निकाल्न सबैको ध्यान गएकै हो ।
विधान संशोधनको प्रक्रियामा अब के विकल्प छ त ?
पहिलो विकल्प, धेरै विवादित दफालाई छाडेर त्यसलाई संशोधनमा नलैजाने गरी संशोधन भएका बुँदाहरुलाई आउने वार्षिक साधारणसभामा लैजाने वा बीचमै विशेष साधारणसभा गर्ने हुन सक्छ ।
दोस्रो ३ महिनाको समय दिएर होस वा सिधै जाउँ भन्ने पनि हुन सक्छ । तेस्रो विकल्प, अध्यक्षको दफालाई छाडेर अरु दफामा जाउँ भन्ने पनि हुन सक्छ ।
चौथो, एउटा कुरा चाहिँ पक्का हो की महासंघको अध्यक्षमा प्रत्यक्ष निर्वाचन अहिलेदेखि वा केही कार्यकाल हुनुहुँदैन भनेर जान्छ ।
कति कार्यकाल ?
२ पनि हुन सक्छ, ३ पनि हुन सक्छ । अध्यक्षले राम्रो काम गरे भने राम्रो हुँदो रहेछ भनेर अध्यक्षमा प्रत्यक्ष चुनाव नहुन पनि सक्छ । नभए शेखरको कार्यकालमा पनि विधान संशोधन हुन सक्छ ।
तपाईले शेखर गोल्छा र चन्द्र ढकालसँग बार्गेनिङ गरेको भन्ने पनि बजारमा कुरा आयो नी ?
यो विषयमा मलाई केही भन्नु छैन । शेखर र चन्द्रले भनेको हो भने त्यसको जवाफ दिन्छु । नत्र भनिरहनु परेन । सरकारले पैसा लिएर प्रदेश प्रमुख नियुक्त गरेको भन्ने बजारमा कुरा आएको छ भन्दा पत्याउने ? त्यस्तै कुरा हो । आफनो कार्यकर्तालाई लिएर आउँदा र हरेक सहमति गर्दा लेनदेन नै हुन्छ र ?
यहाँलाई धेरै विवादित बनाउने बैंकको ऋण पनि हो । यहाँको ऋण तिर्ने योजना के छ ?
व्यवस्थापनको योजना हो । कतिपय कुरा कन्फिडेन्सियल पनि हुन्छ । मेरो खातामा कति पैसा छ भन्ने कुरा भन्न बाध्य हुन्न म । मेरो उद्योग अब छिट्टै सञ्चालनमा आउँदैछ । निर्यातमूलक र धेरैलाई रोजगारी दिने उद्योगलाई राज्यले छुट्टै सहुलियत दिनुपर्छ भन्ने मेरो माग हो । मेरो उद्योग चल्दा मैले कति पैसा कमाउँछु थाहा छैन तर ४ हजार नेपालीले प्रत्यक्ष काम पाउने छन । २/४ करोड डलरको निर्यात हुन्छ । उद्योग मैले बन्द गरेको हो ? चण्डी ढकालले काम नगरेर बन्द भएको हैन ।
एक दशकको द्वन्द, तराई बन्दलगायत विभिन्न कारणले उद्योग बन्द भएको हो । निर्यातमुलक उद्योगमा टुडे मात्र हुन्छ नट टुमरो । मैले डेढ करोड डलर भन्दा बढी छुट दिएँ । ६७ लाख एयरफ्लट गरें । कसैले उद्योग बन्द गरे, छाडे तर चण्डी ढकाल जयपुर, राजस्तानमा गएको छैन । यही छ । दिल्ली कलकत्तामा घर भएको मान्छे हैन । मैले १ अर्ब ९० करोड रुपैयाँ भन्दा बढी बैंकलाई ऋण तिरेको छु ।